कम्युनिष्टलाई भोट दिएकोमा जनता पछुताई रहेका छन् –काँग्रेस नेता शंकर भण्डारी

दमौली, २२ मंसिर । नेपाली काग्रेसका तरुण विभाग प्रमुख तथा पूर्वमन्त्री शंकर भण्डारीले नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का नेताहरुले चुवानी घोषणापत्रलाई विर्सिएर व्यक्तिगत स्वार्थमा लिप्त भएको बताएका छन् । सो कुरा पार्टीको केन्द्रीय सदस्य समेत रहेका भण्डारीले सोमबार भानु नगरपालिकाको ठूलो बगैचामा आयोजित कार्यक्रममा बताएका हुन् । घोषणा पत्र कार्यान्वयमन भन्दा पनि अन्तरकलहमा नेकापा फसेको भण्डारीले बताए । जनताको हित हुने कुनै पनि काम नगरेको के.स.भण्डारीको भनाई रहेको छ । वर्तमान सरकार गठन भएसगै मुलुकमा भ्रष्टचार, अनियमितता र बलात्कार घटना बृद्धि भएको जिकिर समेत के.स.भण्डारीको रहेको छ । सत्ता र शक्तिको आडमा काग्रेस कार्यकर्ता माथि दमनको नीति सरकारले लिनु दुरभाग्य भएको र त्यसको किसिमको दमनको नीतिलाई काग्रेस टुलुटुल हेरेर बस्न नसक्ने के.स.भण्डारीको भनाई थियो ।

ठूलो बगैंचा युवा क्लवका अध्यक्ष सुकबहादुर गुरुङको सभापतित्वमा भएको कार्यक्रममा नेपाली काग्रेसका महाधिवेशन प्रतिनिधी समुन्द्र गोदार, महासमिति सदस्य आनन्दराज त्रिपाठी, नेका तनहुँका पूर्व सहसचिव सहदेव अधिकारी, वडा अध्यक्ष अर्जुनबहादुर खड्का र स्थानीय बासिन्दा कान्छा गुरुङ लगायतले बोलेका थिए । सोही अवसरमा २३ जना युवा नेपाली काग्रेसमा प्रवेश गरेका थिए । पार्टी प्रवेश गर्नेमा अधिकांश नेकपाका युवाहरु रहेका छन् । बुल्दीखोला पुल उद्घाटन मंसिर १८ गते गृह जिल्लामा आएका भण्डारीले आफ्नो बसाई लम्बाएसँग आक्रात्मक रुपमा पार्टी प्रवेश कार्यक्रमलाई अगाडि बढाएपछि नेकपाका नेताहरु चिन्तित बन्न पुगेका छन् ।

Advertisment