काठमाडौमा चीसो यथावतै, मंगलबार बिहान तीन डिग्री सेल्सीयस


काठमाडौ, ३० मंसिर । काठमाडौमा सोमबारजस्तै आज पनि चिसो महशुस गरिएको छ । सोमबार चार डिग्री सेल्सियस रहेको काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम आज बिहान साढे ६ बजे मापन गर्दा तीन डिग्री सेल्सियस पुगेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।उपत्यकामा यो यस वर्षकै सबैभन्दा चीसो वा कम तापक्रम भएको मौसमविद गंगा नगरकोटीले बताउनुभयो । तराईका अधिकांश भाग र पहाडका केही भागहरुमा हुस्सु तथा कुहिरो लागेको छ ।

Advertisment