काँग्रेस पदाधिकारी बैठक देउवा निवास बुढानिलकण्ठमा एक बजे


काठमाडौं, १ पुस । संवैधानिक परिषद सम्बन्धी अध्यादेश आएपछि त्यसको विरोध भईरहेको बेला उक्त अध्यादेशपछिको समसामयिक राजनीतिक अवस्थबारे छलफल गर्न नेपाली काँग्रेस पदाधिकारीको बैठक बस्ने भएको छ । अध्यादेशलाई सर्वसत्तावाद र निरंकुशताको संज्ञा दिएको प्रमुख प्रतिपक्षी दल काँग्रेसले आज एक बजे पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा पदाधिकारी बैठक बोलाएको हो । त्यसमा अध्यादेशपछि उत्पन्न परिस्थितिको बारेमा छलफल गरी कसरी अघि बढ्ने भन्नेबारेमा छलफल हुने काँग्रेसले जनाएको छ।

Advertisment