सांसद मीन विश्वकर्माद्धारा आफ्नो स्वास्थ्यप्रति चासो र सदभाव राख्नेप्रति आभार व्यक्त

 

काठमाडौं, २ पुस । नेपाली काँग्रेसका नेता एवं सांसद मीन विश्वकर्माले कोभिड संक्रमणका बेला आफ्नो स्वास्थ्य अवस्था कठिन अवस्थामा रहँदा पुनर्जीवन दिन चासो र सदभाव राख्नुहुने तथा उपचारमा संलग्न रहनुहुने स्वास्थ्यकर्मी लगायत सबैप्रति आभार व्यक्त गर्नुभएको छ । उहाँले आज एक विज्ञप्ति जारी गर्दै कोभिड–१९ बाट संक्रमित भई स्वास्थ्यमा समस्या आएको कारण कार्तिक ९ गते वीर अस्पताल र ११ गते स्वास्थ्य अवस्था झन जटिल भएपछि राती ११ बजे धापासी स्थित ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा चिन्ताजनक अवस्थामा पु¥र्याइएको र बरिष्ठ चिकित्सक डा. सुभाष आचार्यको प्रत्यक्ष एवं आत्मिय निगरानीमा उक्त अस्पतालका चिकित्सकहरुको समूहसँगै अति सेवा गर्ने नर्सहरुले मलाई पुनर्जीवन दिएको महशुस गरेको छु भन्नुभएको छ ।

उक्त सफल परिणामका लागि मुख्य अभिभावकको रुपमा अहोरात्र लागि पर्ने पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, पार्टी पदाधिकारीहरु तथा पूर्व पदाधिकारीहरु एवं केन्द्रीय सदस्यहरु, प्रमुख सचेतक बालकृष्ण खाणको सक्रियता र योगदान अविस्मरणीय मात्रै होइन हृदयस्पर्सी पनि भएको पाएको सांसद विश्वकर्माले विज्ञप्तिमा उल्लेख गर्नुभएको छ । साथै नेपाली कांग्रेस पार्टीका विभिन्न तहका नेता एवं कार्यकर्ता साथीहरुले व्यक्त गर्नु भएको शुभेच्छाले आफ्नो मनोबल उच्च बनाएको र शुरुकै अवस्था देखि मेरो स्वास्थ्यबारे चासो र चिन्ता व्यक्त गर्दै प्रभावकारी उपचारका लागि कृयाशिल हुनु हुने सभामुख, कानुन समितिका सभापति, सांसदहरु र संसदका महासचिव लगायत सबै कर्मचारीप्रति आभार प्रकट गर्दछु भन्नुभएको छ ।

Advertisment