नेफेजको ३५औं साधारण सभा सम्पन्न

काठमाडौं, पुस ३— नेपाल वातावरण पत्रकार समूहको ३५ औं साधारणसभाले सर्वसम्मतबाट कसमस विश्वकर्माको अध्यक्षतामा दुई बर्षका लागि ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । साधारणसभाले कोभिड १९ महामारीका कारण भर्चुअल मिटिङ मार्फत साधारणसभा सम्पन्न गरेको हो ।

शुक्रबार सम्पन्न साधारण सभाले अध्यक्ष विश्वकर्मासहित उपाध्यक्षमा चन्द्रशेखर कार्की, महासचिवमा निमेष रेग्मी, सचिवमा प्रगती ढकाल, कोषाध्यक्षमा सविन शर्मालाई चयन गरेको हो । यसैगरी सदस्यमा महिला तर्फ सृष्टि काफ्ले र सुजाता कार्की, पुरुष तर्फ छेटु शेर्पा र रविन साय्मीलाई चयन गरेको छ भने विज्ञ सदस्यमा महिला तर्फ मधुदेवी घिमिरे र पुरुष तर्फ बटुकृष्ण उप्रेती चयन गरेको छ । यसैगरी लेखा समितिमा गोपाल तिवारीको संयोजकत्वमा सोमनाथ लामिछाने र रञ्जना पौडेल चयन गरिएको छ ।

यसैगरी समूहले यस बर्षको वातावरण पत्रकारीता पुरस्कार आयोमेलमा कार्यरत पत्रकार यम बमलाई प्रदान गरेको छ । समुहका नवनिर्वाचित अध्यक्ष विश्वकर्माले उक्त पुरस्कार प्रदान गर्नुभएको थियो । नयाँ कार्यसमितिमा विज्ञ महिला सदस्य घिमिरे र महिला सदस्य सृष्टि काफ्लेबाहेक अन्य पदाधिकारी तथा सदस्य अघिल्लो कार्य समितिमा पनि हुनुहुन्थ्यो ।

यसैगरी साधारणसभाले समुहका तत्कालित सदस्य मुराहरी शिवाकोटीलाई मानार्थ सदस्यता प्रदान गरेको छ ।

साधारण सभामा गत एक वर्षमा भए÷गरेका कामकारबाही बारे महासचिव निमेष रेग्मी, आयव्याय विवरण कोषाध्यक्ष सविन शर्माले तथा लेखा समितिको प्रतिवेदन लेखा समितिका संयोजक गोपाल तिवारीले प्रस्तुत गर्नुभएको थियो । ती प्रतिवेदनहरु भर्चुअल सभामा छलफलपछि पारित गरिएको थियो । यसैगरी सचिवालयले ल्याएको अन्य प्रस्तावहरु पनि पारित भएका छन् ।

Advertisment