कैलाश यात्रा सञ्चालक सङ्घको अध्यक्षमा बस्नेत

काठमाडौँ, ४ पुस । चीनको कैलाश मानसरोवर पर्यटक लैजाने नेपाली व्यवसायीको संस्था कैलाश यात्रा सञ्चालक सङ्घको अध्यक्षमा जीतेन्द्र बस्नेत निर्वाचित हुनुभएको छ ।

सङ्घको शुक्रबार साँझ सम्पन्न १० औँ वार्षिक साधारणसभाबाट बस्नेतको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो ।

सङ्घको प्रथम उपाध्यक्षमा लिलावल्लभ दाहाल ‘काका’, द्वितीय उपाध्यक्षमा कृष्णप्रसाद ढकाल, महासचिवमा प्रचण्ड मानन्धर, सचिवमा गोपाल थापा र कोषाध्यक्षमा प्रदीप पण्डित निर्विरोध निर्वाचित हुनुभएको छ ।

यस्तै, सदस्यमा सूर्यप्रसाद पाठक, वसन्त बराल, राजन श्रेष्ठ, रामचन्द्र श्रेष्ठ र विवेकराज देवकोटा निर्वाचित हुनुभएको हो । कैलाश यात्रा सञ्चालक सङ्घमा हाल देशभरका ४० भन्दा बढी कम्पनी आबद्ध रहेका छन् ।

Advertisment