सुनको भाउ आज ९०० ले घट्यो

काठमाडौँ, ८ पुस । सुुनको मूल्य आज प्रतितोला ९०० रुपैयाले घटेको छ ।

छापावाला सुनको मूूल्य हिजो प्रतितोला ९४ हजार ९०० मा विक्री भएकोमा आज भने नौ सय घटेर प्रतितोला ९४ हजार रुपैया कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

तेजाबी सुन मङ्गलबार प्रतितोला ९४ हजार ४०० मा विक्री भएकोमा आज ९३ हजार ५०० मा कारोवार भएको छ । चाँदी प्रतितोला ५० ले घटेर आज एक हजार २६५ मा बिक्री भएको छ ।

Advertisment