काँग्रेस बैठकमा चर्काचर्की

काठमाडौं, ८ पुष । नेपाली काँग्रेसको आज बसेको केन्द्रीय समितिको बैठकमा चुनावमा र आन्दोलनमा जाने बारेमा चर्काचर्की परेको छ । सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीच सोबारे चर्काचर्की परेको बताइएको छ ।

बैठक सभापति शेरबहादुर देउवाको सभापतित्वमा केन्द्रीय कार्यालय ललितपुरमा आज बस्यो । आजको बैठकले पौष १६ गते राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका कार्यक्रम देशव्यापी रुपमा मनाउने निर्णय गरेको छ ।

कोरोना संक्रमित भई हाल अस्पतालमा उपचाररत पार्टीका पूर्व महामन्त्री एवं केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौलाको शीघ्र स्वास्थ्यलाभको कामनाका साथै उपचाररत अन्य सबैको शीघ्र स्वास्थ्यलाभको कामना बैठकले गरेको छ ।

केन्द्रीय कार्यसमितिको बैठक भोलि पौष ९ गते दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालयमा पुनः बस्नेछ । बैठकमा केन्द्रीय सदस्यहरु— डा. रामशरण महत, बलबहादुर के.सी., आनन्दप्रसाद ढुगाना र गगनकुमार थापाले आ–आफ्नो धारणा राख्नु भएको थियो ।

Advertisment