काँग्रेसले संसद विघटन विरुद्ध १३ गते देशभर प्रदर्शन गर्ने

काठमाडौँ, ९ पुस । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आज बसेको बैठकले नेपाल कम्युनिष्ट पार्टी केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको प्रतिनिधिसभा विघटनको असंवैधानिक र अलोकतान्त्रिक कदमका विरुद्धमा पुस १३ गते सोमबार १६५ संघीय निर्वाचन क्षेत्रमा क्षेत्रीय कार्यसमितिको आयोजनामा एकसाथ प्रदर्शन गर्ने निर्णय गरेको छ । पार्टी सभापति शेरबहादुर देउवाको सभापतित्वमा केन्द्रीय कार्यालयमा सो बैठक बसेको थियो ।

बैठकमा उपसभापति विमलेन्द्र निधि, केन्द्रीय सदस्यहरु— प्रकाशमान सिंह र अर्जुननरसिंह के.सी.ले आ–आफ्नो धारणा राख्नु भएको थियो । केन्द्रीय कार्यसमितिको बैठक भोलि पौष १० गते दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालयमा पुनः बस्नेछ ।

Advertisment