अदालतबाट आउने फैसला काँग्रेसको राजनैतिक दिशा हुनुहुँदैन, लोकतन्त्रको रक्षा गर्न अविलम्ब हामी आन्दोलनका कार्यक्रम लिएर सडकमा जान्छौ: काँग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेल

काठमाडौँ, ११ पुस । नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले प्रतिनिधिसभा विघठन संवैधानिक बिषय त हुँदै हो अझ धेरै यो राजनैतिक बिषय हो भन्नुभएको छ ।

उहाँले संसद विघटनलाई यो जनमतको सम्मान र अपमान गर्नेहरू बीचको लडाई हो समेत भन्नुभएको छ । “ अदालतबाट आउने फैसला काँग्रेसको राजनैतिक दिशा हुनुहुँदैन। लोकतन्त्रको रक्षा गर्न अविलम्ब हामी आन्दोलनका कार्यक्रम लिएर सडकमा जान्छौ,” उहाँले सामाजिक सञ्जालमा लेख्नुभएको छ ।

Advertisment