गोविन्दको ‘भट्टीवाली’मा  दुर्गेश र रियाशा,भाइरल बन्दै दुर्गेशको ‘भट्टीवाली’

काठमाडौ, १२ पुस । आधुनिक गीत र र्याप समावेश ‘भट्टीवाली’ शिर्षकको म्युजिक भिडियो डिजिटल बजारमा सार्वजनिक भएको छ।

यस गीतमा युवा पुस्ताका चर्चित गायक प्रताप दासको स्वर सुन्न सकिन्छ।  गीतमा जगत तिरुवाको र्याप समेत समावेश छ। गीतमा  शब्द परदेशमा बसेर आफ्नो सिर्जना यात्रालाई अघि बढाइरहेका राम कृष्ण महराको रहेको छ।  यस गीतलाई सिद्धान्त परियारले संगीतवद्द गरेका हुन्। गीतमा नारायण दंगालको संगीत संयोजन रहेको छ।

डान्सिङ शैलीको यस गीतमा युवा युवती बीचको प्रेम र आकर्षण प्रस्तुत गरिएको छ।  म्युजिक भिडियोमा दुर्गेश थापा , रियाशा दाहाल, दिनेश थापा ‘आयुष’, मनोज ओली, उत्तम केसी र अस्मिता बस्नेतको दमदार नृत्य प्रस्तुति देख्न सकिन्छ।

बुद्ध थापाले छायांकन गरेको यस भिडियोलाई सुरेन्द्र बसेलले कोरियोग्राफी गरेका हुन्।  भिडियोमा नविन निरौलाको सम्पादन रहेको छ।  गोविन्द प्रसाद साह उत्पादक रहेको यस भिडियोलाई जीवन शाहीको निर्देशनमा तयार पारिएको हो।

[youtube v=”rrrjlP-4TB4″]

Advertisment