असंवैधानिक र अलोकतान्त्रिक कदम, सर्वसत्तावाद, कुशासन एवं  भ्रष्टाचार विरुद्ध जनभावना अभिब्यक्त ः काँग्रेस

काठमाडौँ, १३ पुस । नेपाली काँग्रेसले संसद विघटनको असंवैधानिक र अलोकतान्त्रिक कदमका विरुद्ध आज आयोजना गरेको विरोध प्रदर्शन देशभरिको संघीय निर्वाचन क्षेत्रमा व्यापक सहभागिता साथ सफलतापूर्वक सम्पन्न भएको जनाएको छ । प्रदर्शनले  प्रधानमन्त्री के.पी. शर्मा ओलीको नेतृत्वमा रहेकोे नेकपाको सरकारले गरेको संसद विघटनको असंवैधानिक र अलोकतान्त्रिक कदम, सर्वसत्तावाद, कुशासन एवं  भ्रष्टाचार विरुद्ध जनभावना अभिब्यक्त गरेको  भनेको छ ।

 पार्टी सभापति शेरबहादुर देउवाले आज एक विज्ञप्ति जारी गरी प्रदर्शनमा सहभागी सबैप्रति पार्टीका तर्फबाट आभार प्रकट गर्दछु  भन्नुभएको छ । “प्रदर्शन सफल बनाउन अहोरात्र खट्नु हुने संघीय क्षेत्रीय कार्यसमितिका साथीहरू संगै पार्टीको सबै तहका आदरणीय साथीहरू, भातृ र शुभेच्छुक संस्थाका साथीहरू, पार्टीका शुभचिन्तक र शुभेच्छुकहरु तथा सामाजिक संजाल मार्फत भूमिका निर्वाह गर्ने विशेषतः युवाहरू सबैमा बधाई ज्ञापन गर्दछु”, सभापति देउवाद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।

Advertisment