द्विपक्षीय उर्जा सहकार्यलाई अघि बढाउनेबारे भारतीय राजदूत र उर्जा मन्त्री रायमाझीबीच छलफल

काठमाडौँ, १४ पुस । ऊर्जा, जलस्रोत र सिंचाई मंत्री टोप बहादुर रायमाझीसँग नेपालका लागि भारतीय राजदुत विनयमोहन क्वात्राले आज भेटेर रायमाझी मन्त्री नियुक्त हुनुभएकोमा बधाई दिनुभएको छ ।

मन्त्री रायमाझीसँग संयुक्त परियोजनाहरूको कार्यान्वयन र द्विपक्षीय उर्जा सहकार्यलाई अघि बढाउने बिषयमा छलफल भएको राजदूत क्वात्राले टवीटमार्फत जानकारी दिनुभएको छ ।

Advertisment