नेपाल स्काउटद्वारा ‘बालबालिकासँग प्रधानमन्त्री’ कार्यक्रम आयोजना

काठमाडौँ, १८ पुस । नेपाल स्काउटद्वारा शुक्रबार आयोजित ‘बालबालिकासँग प्रधानमन्त्री’ कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले बालबालिकासँग नै देशको भविष्य हुने भएकाले उनीहरूलाई ईष्र्याभाव नराख्न, अरुको प्रगतिमा खुशी हुन, सबैसँग मिठो बोल्न र असल कर्ममा अघि बढ्न आग्रह गर्नुभएको छ ।

बालबालिकाले फोहोरी राजनीतिबाट प्रभावित नभई इमानदार, विवेकशील र जनताको सेवा गर्ने क्षेत्रका रूपमा राजनीतिलाई बुझ्न आग्रह गर्नुभयो ।

प्रम ओलीले राजनीति वा सबै क्षेत्रमा सर्वसम्मत हुन नसक्ने सन्दर्भ उल्लेख गर्दै आफूलाई विरोध गर्नेहरू कोही नजिक आएर नबुझिकन विरोध गर्ने, कोही विरोधका लागि विरोध गर्ने र कोहीले सत्यलाई असत्य ठानेर स्वार्थवश अर्काे दलमा भएका कारण विरोध गर्ने गरेको बताउनुभयो ।

Advertisment