राजनीतिक एजेण्डाविना दलहरुले गरिरहेको सडक आन्दोलन निर्वाचनकै तयारीः सञ्चारमन्त्री गुरुङ

काठमाडौँ, १८ पुस । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचनाप्रविधिमन्त्री पार्वत गुरुङले राजनीतिक एजेन्डा बिना दलहरुले गरिरहेको सडक आन्दोलन निर्वाचनको तयारीकै लागि भईरहेको बताउनु भएको छ ।
“विना राजनीतिक एजेन्डा आन्दोलनमा उत्रिएका दलहरुले निर्वाचनको तयारीका लागि नै सडक आन्दोलन गरिरहेका छन,” मन्त्री गुरुङले राजनीतिक दलहरुले निर्वाचन भएरै छाड्ने भन्ने मनोविज्ञान जनतालाई दिन आन्दोलन गरिरहेको वताउनुभयो ।
अब मुलुक निर्वाचनमा गैरहेको वताउदै मन्त्री गुरुङले राजनीतिक दलदेखि नागरिक समाज, पत्रकारलगायत सबै पेशा र समूदायलाई निर्वाचनका लागि तयार हुन आह्वानगर्नुृ भयो ।
मन्त्रीपरिषद्को निर्णय सार्वजनिक गर्न शुक्रबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले निर्वाचन आयोगलाई सघाउन सरकारले आवश्यक पर्ने कार्य थालिसकेको पनि जानकारी दिनुभयो ।
सरकारलाई कतिपयले कामचलाउ भन्ने गरिएको सन्दर्भमा उहाँले यो सरकारले संविधान अनुसार पूर्ण अधिकारसहितको कार्य गरिरहेको स्पष्ट पार्नुभयो । कर्मचारी तथा कुनै पनि वर्ग समुदायलाई सरकारको कामकार्वाहीप्रति कुनै पनि भ्रममा नपर्न अनुरोध समेत गर्नु भयो ।
राष्ट्रपति संस्थामाथिअपमान खेदजन्य
सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले राष्ट्रपति जस्तो सम्मानित संस्थामाथि आँच पुुयाउने गरी सडकमा नाराबाजी हुनु निन्दनीय भएको भएको उल्लेख गर्दै आपत्ति जनाउनुभयो ।
उहाँले सम्मानित राष्ट्रपतिमाथि आक्षेप लगाउने अक्षम्य काम गरेर संविधान, कानुन र राजनीतिक प्रणालीमाथि नै प्रहार गर्ने कोशिस भईरहेको बताउँदै राजनीतिक दल र राजनीतिक समुहहरुलाई जिम्मेवार हुन अनुरोध पनिगुर्नभयो ।

पत्रकार सम्मेलनमा प्रवक्ता गुरुङले गोरखापत्र संस्थानमा पत्रकार गोपाल खनाललाई सल्लाहकार सम्पादकका रूपमा थप दुई वर्षका लागि निरन्तरता दिने मन्त्रिपरिषद्ले निर्णय गरेको जानकारी दिनुभयो । यस्तै मन्त्रिपरिषद्ले सशस्त्र प्रहरी बलको मौजुदा जनशक्तिबाट सशस्त्र प्रहरी कर्मचारीहरू रेलवे सुरक्षामा खटाउन स्वीकृति दिने, प्राविधिक सहायक रथि डा देवेन्द्रबहादुर खत्रीलाई प्राविधिक उपरथिमा बढुवा गर्ने, प्राचीन कपिलवस्तुको राजधानी तिलौराकोट वरपर रहेका ३५ घर तथा ७५ विघा जग्गा प्राप्ति गर्न स्वीकृति दिने, नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको रिक्त वरिष्ठ अध्ययन निर्देशक पदमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव आनन्दराज ढकाललाई काजमा पठाउने, नेपाल स्वास्थ्य सेवा नियमावली, २०५५ को अनुसूचीमा हेरफेर गर्न स्वीकृति दिनेलगायत निर्णय गरेको पत्रकार सम्मेलनमा प्रवक्ता गुरुङले जानकारी दिनुभयो ।

सो अवसरमा प्रवक्ता गुरुङले रेडियो नेपालले देशभर सुन्न पाउने गरी आजदेखि मन्त्रिपरिषद्का निर्णयहरू सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनको प्रत्यक्ष प्रसारण आरम्भ गरेकामा हार्दिक धन्यवाद दिनुभयो । प्रत्यक्ष प्रसारणले जनताले घरघरमै सरकारका काम कारवाही तथा निर्णयबारे सहजै जानकारी पाउन सक्ने उहाँले उल्लेख गर्नुभयो ।

Advertisment