मगरात संघर्ष समितिको प्रथम राष्ट्रिय सम्मेलन फागुन २२ बाट दाङमा हुने

काठमाडौँ, १८ पुुस । मगरात संघर्ष समितिले प्रथम ऐतिहासिक राष्ट्रिय सम्मेलन र आन्दोलनको कार्यक्रमहरुको घोषणा गरेको छ । आज शनिबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरी मगरात संघर्ष समितिले आन्दोलनको घोषणा गरेको हो ।
आफूहरुको काँधमा ऐतिहासिक जिम्मवारी आइपरेको भन्दै संघर्षको निम्ती तयारी गर्न समितिले प्रथम ऐतिहासिक राष्ट्रिय सम्मेलन समेत गर्न लागेको जनाएको छ । मगरात संघर्ष समिति नेपालका अध्यक्ष राम मगरले दुई तिहाई बहुमतको सरकारले संसद विघठन गरी मुलुकलाई नै द्वन्द्वमा भन्दै आउँदो २०७७ फागुन २२, २३ र २४ गते दाङको घोराहीमा राष्ट्रिय सम्मेलन गर्ने जानकारी दिए ।
मगरले मुलुक जोगाउनको निम्ति र आम नेपाली जनताहरुको सम्मानजनक व्यवस्थापन गर्नका लागि संघर्ष भन्दा विकल्प नदेखिएको तर्क गरे । उनले भने,‘एकीकरणको नाममा जुन नयाँ नेपाल बनेको छ । अहिलेको गणतन्त्रमा आइपुग्दा पनि संविधानमा हामीहरुको अधिकार सुनिश्चित गरिएन् ।’ दुई तिहाईको सरकार हुँदा किन संसद बिघटन गर्नुपर्यो भन्दै उनले प्रश्न गरे । उनले भने,‘यो संविधान र शासकहरु गलत रहेछन् ।’ पद, कुर्सि, नाागोता बचाउन र विदेशीको दलाल भएको आरोप लगाए ।
उनले आन्दोलन देशव्यापी रुपमा गर्न समेत बताए । विदेशीको इशारामा पार्टीहरु चेलेको भन्दै देश गम्भीर सकटमा परेको तर्क गरे । उनले भने, ‘संसद बिघटन हुँदा हामी खुशी पनि छैनौँ दुखी पनि छैनौँ किनभने यो संविधान सुरुवाती दिन देखि नै अपूरो थियो र अपुरो छ ।’ संसद विघटनले गर्दा संविधान नै धरापमा परेको उनले जिकिर गरे ।
कार्यक्रममा बहुल राष्ट्रिय मञ्चको सदस्य सचीव तेन्थङ निभक लिम्बु र संघर्ष समितिका केन्द्रिय सचीव चन्द्र शिरीष मगरले अगामी फागुनमा हुने राष्ट्रिय सम्मेलन र आन्दोलनको विषयमा जानकारी गराएका थिए ।
कार्यक्रममा मगरात संघर्ष समिति नेपालको अध्यक्ष राम मगर, सचीव चन्द्र बहादूर शिरिष मगर, केन्द्रिय सदस्य चन्द्र प्रकाश घर्ती मगर, केन्द्रिय सदस्य हर्क बुढामगर, दाङ जिल्लका संयोजक ओम रोकामगर लगायत उपस्थित थिए ।

Advertisment