सञ्चार माध्यामहरुले सदैव समाजलाई सकारात्मक सन्देश दिने समाचार प्रवाह गर्नुपर्ने : सञ्चारमन्त्री गुरुङ

काठमाडौ, २० पुस । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचनाप्रविधि मन्त्री पार्वत गुरुङले सञ्चार माध्यामहरुले सदैव समाजलाई सकारात्मक सन्देश दिने समाचार प्रवाहगर्ने विश्वास व्यक्त गर्नु भएको छ ।

सरकारकाप्रवक्ता समेत रहनुु भएका मन्त्री गुरुङले मुलुकमा धेरै सम्भावना छ भन्ने आशाजगाउने खालका दृष्टिकोणमा केन्द्रित भएर समाचार प्रवाह गर्न सञ्चार माध्यामहरुलाई आग्रह समेत गर्नु भयो ।

नेपालआदिवासीजनजातिपत्रकार महासंघ (फोनिज)कापदाधिकारीसँग आईतबार सिंहदरबारमा भएको सामूहिक भेटमा उहाँले बदलिँदो राजनीतिक परिवेशप्रति संकेत गर्दै समाजलाई निराश, द्धन्द्ध र अराजकतातर्फ जाननदिनसञ्चार माध्यामहरुले महत्वपूर्ण भूमिकानिर्वाह गर्ने पनिबताउनु भयो । मन्त्रीगुरुङले भन्नुभयो, ‘मुलुकमा धेरै सम्भावनाहरु छन, ती सम्भावनाहरुप्रतिआशावादीहुँदै समाजप्रति निराशा होइन् द्धन्द्ध होइन् अराजकता होइन् नयाँआशाजगाउने काममा सञ्चार माध्यामहरुले प्रेरित गर्नु पर्दछ ।’ समाजलाई सही बाटोमा अघि बढाउने खालका दृष्टिकोणको पक्षमाउभिएर मात्रै व्यवसायिकपत्रकारिताको धर्म निर्वाह गर्न सकिने मन्त्रीगुरुङको भनाई छ ।

मन्त्रीगुरुङले कुनै पनि संघ, संस्थामाथिविभेद हुुननदिने प्रतिवद्धता पनिव्यक्तगर्नु भयो । भेटमा फोनिजले मन्त्रालयले दिँदै आएको अनुुदान सहायता कटौतिनगर्न,सरकारी सञ्चार माध्यामको समाचार कक्षतथाप्रशासनिक संरचनालाई पूर्ण समावेशीबनाउनुपर्ने लगायतका ११ बुँदे मागगर्दै मन्त्रीगुरुङलाई ज्ञापन पत्र बुुझाएको थियो । सो ज्ञापन पत्र बुुझ्दै उहाँले राज्य सबैको साझाभएको उल्लेख गर्दै कुनै पनिखालको विभेद हुननदिने बताउनु भएको हो ।कार्यक्रममाफोनिजकाअध्यक्ष डण्ड गुरुङ, इन्डिजिनियस कम्युनिटी नेटवर्ककाअध्यक्ष जगत दोङ, मन्त्रीगुरुङका सञ्चार विज्ञ राजेन्द मानन्धरलगायतकोउपस्थिति रहेको थियो ।

Advertisment