“मतदान स्थल तथा मतदान केन्द्र पुनरावलोकन सम्बन्धी कार्यक्रम, २०७७” स्वीकृत

काठमाडौं, २१ पुस । आगामी २०७८ बैशाख १७ गते शुक्रबार पहिलो चरण र २७ गते सोमबार दोस्रो चरणमा प्रतिनिधि सभा सदस्य निर्वाचन हुने गरी निर्वाचनको मिति घोषणा भइसकेको छ । आयोगबाट घोषणा भएको मितिमा निर्वाचन सम्पन्न गर्न तयारीका विभिन्न कार्यहरू भइरहेका छन् । यस क्रममा निर्वाचनको लागि अन्तिम मतदाता नामावली तयारीको प्रक्रिया शुरू भइसकेको छ । मतदाता नामावली तयारी सम्बन्धी कार्य गर्दा मतदान स्थल तथा मतदान केन्द्र निर्धारण सम्बन्धी कार्य समेत सँगसँगै गर्नुपर्र्नेे कारणले गर्दा अन्तिम मतदाता नामावली प्रकाशन गर्नु अगावै मतदान स्थल तथा मतदान केन्द्र पुनरावलोकन सम्बन्धी कार्य सम्पन्न गरिसक्नुपर्ने हुन्छ ।

आयोगबाट “मतदान स्थल तथा मतदान केन्द्र निर्धारण कार्यविधि, २०७७” र सोको कार्यान्वयनको लागि “मतदान स्थल तथा मतदान केन्द्र पुनरावलोकन सम्बन्धी कार्यक्रम, २०७७” स्वीकृत भएको निर्वाचन आयोगले जनाएको छ ।

उल्लिखित कार्यक्रम बमोजिम मिति २०७७÷०९÷२३ गते देखि जिल्लास्तरमा मतदान स्थल तथा मतदान केन्द्र निर्धारण सम्बन्धी कार्य प्रारम्भ हुँदैछ । उक्त कार्यको लागि प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा जिल्ला मतदान स्थल तथा मतदान केन्द्र सिफारिस समिति रहेको छ । समितिले उक्त कार्य सम्पन्न गरी मिति २०७७÷१०÷१७ गते सम्ममा कार्य सम्पन्न गर्नुपर्ने गरी कार्यतालिका समेत स्वीकृत भएको छ ।

प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेकोे जिल्ला मतदान स्थल तथा मतदान केन्द्र सिफारिस समिति मार्फत मतदानस्थल तथा मतदान केन्द्र पुनरावलोकन सम्बन्धी कार्यक्रम सञ्चालन हुने भएकोले सबै राजनीतिक दल, स्थानीय तह, नागरिक समाज, पत्रकार तथा सम्पूर्ण सरोकारवालाहरूबाट मतदान केन्द्र पुनरावलोकन कार्यक्रममा आ–आफ्नो तर्फबाट आवश्यक सहयोग गरिदिनुहुन आयोगले अनुरोध गरेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनभुयो ।

Advertisment