साझा प्रकाशनको अध्यक्षमा विजय सुब्बा निर्वाचित

काठमाडौँ, २५ पुस । साझा प्रकाशनको २४औँ साधारणसभाअन्तर्गत भएको निर्वाचनमा सञ्चालक समितिको अध्यक्षमा डा विजय सुब्बा निर्वाचिन हुनुभएको छ ।

साहित्यकार तथा निवर्तमान सांसद डा सुब्बा ४१२ मतसहित विजयी हुनुभएको र उहाँका प्रतिस्पर्धी डा जीवनचन्द्र कोइरालाले १८३ मत प्राप्त गर्नुभएको निर्वाचन समितिका सदस्यसचिव होमनाथ भट्टराईले जानकारी दिनुभयो । यही पुस २१ देखि २४ गते हरेक दिन बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म प्रकाशनको पुल्चोकस्थित कार्यालयमा निर्वाचन भएको थियो । डा सुब्बा र डा कोइराला प्रकाशनका पूर्वसञ्चालक सदस्य हुनुहुन्छ । भाषा–साहित्यको क्षेत्रमा ऐतिहासिक मानिने सो संस्थाको नयाँ व्यवस्थानुसार सञ्चालक समितिको अध्यक्षमा पहिलोपटक निर्वाचन भएकोे हो । विगतमा नेपाल सरकारबाट संस्थामा अध्यक्ष नियुक्ति गरिन्थ्यो । निर्वाचित पदाधिकाारीको कार्यकाल चार वर्षको हुनेछ ।

 

 

 

Advertisment