एमसीसीबारे वारपार नगरे दैनिक अरबौंको विजुली खेर जान्छः टोपबहादुर रायमाझी

काठमाडौं, २९ पौष । उर्जा तथा जलस्रोत मन्त्री टोपबहादुर रायमाझीले एमसीसीलाई खारेज गर्ने कि लागू गर्ने तत्काल निर्णय लिएर बढ्नुपर्ने बताएका छन् । रिपोर्टर्स क्बल नेपालको साक्षात्कारमा बोल्दै एमसीसीमा अलमल हुँदा दैनिक अरबौं रुपैयाँ बराबरको विद्युत खेर जाने अवस्था आएको भन्दै तत्काल टुंगो लगाउनुपर्ने बताएकाहुन् ।

‘एमसीसीलाई वारपारमा लैजाऔं,’ मन्त्री रायमाझीले भने,‘हामी एक दिन त के एक छिन पनिपर्खेर बस्ने अवस्थामा छैनौं, एमसीसीले ट्रान्समिसन लाइनमा लगानी गर्ने भनेको छ, नबन्दा भदौबाट ५ सय मेगावाट विद्युत खेर जाने अवस्था आइसक्यो ।’ अमेरिकी सहयोग सम्बन्धी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) अझै टुंगोमा नपुग्दा ऊर्जामन्त्री रायमाझीको पछिल्लो भनाई आएको हो । रायमाझीले एमसीसीले ट्रान्समिसनमा लगानीगर्ने भन्दै गर्दा झुण्डिएर अनिर्णयमा रहेर बसिरहेको बताए । उनले एमसीसीलाई लागू गर्न जोड दिए । उनले भने,‘हुबहु लागू गर्नुपर्छ भन्ने होइन, एमसीसीको कुनकुनबुँदामा परिवर्तन गर्ने भन्ने विषयमा बसेर टुंगो लगाऔं ।’

रायमाझीले प्रधानमन्त्री केपीओलीलाई पुष्पकमलदाहाल र माधवकुमार नेपालले धोकादिएकाआरोप लगाए । उनले ओलीलाई विगतमा पार्टी एकताहुँदापहिलो अध्यक्षबनाएको, प्रधानमन्त्रीबनाएको र संसदीयदलको नेतासमेत बनाएको स्मरण गर्दै रायमाझीले अहिले ओलीलाई धोकादिएको आरोप लगाए । “पहिलो सर्वसम्मतगर्ने, अहिले कोकोलाई केके इच्छा लाग्छ, मागेर पाउने कुरा हो ?” उनले प्रश्न गरे । प्रचण्ड माधव समुहले पार्टी छोडेर गएको आरोप लगाउँदै अहिले हामीयहाँ छौँ भनेर सडकमा देखापरेको भन्दै रायमाझीले व्यङ्ग्यसमेत गरे ।

रायमाझीले आफू कुनै पनि खेमामा नरहेको बताउँदै आफै सफल नेताभएको बताए । आफू अवसरवादी नेतानभएको भन्दै उनले जनमुक्ति सेना र गुरिल्लाबनाउनविगतमा महत्वपूर्ण भूमिका खेलेको बताए । “अवसरवादीका कुरा गर्ने ?को अवसरवादी? कसैले हिम्मत गरोस्, आधार पेश गरोस् न ?” उनले भने । आफ्ना सामुन्ने आएर अवसरवादीभन्नचुनौतीदिए । जनयुद्धपछि शान्तिप्रक्रियामा आएपछि डा. बाबुराम भट्टराई देशका लागिआवश्यक व्यक्तिभनेर काँध थापेको तर माओवादी केन्द्र छोडेपछि आफूले साथ दिननसकेको उनले बताए ।

उनले नेपालभारतबीचको सम्बन्ध सुधारकालागि परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीको भारत भ्रमण फलदायीहुने बताए । मन्त्री ज्ञवालीको भ्रमणका क्रममा १९५० को सन्धीकाविषयमा छलफल गर्ने एजेण्डा तय भएको उनको दावी छ । उर्जासम्बन्धीएजेण्डामा पनि छलफल हुने रायमाझीले बताए ।४ सय केबीको ट्रान्समिसन लाइनको विषयमा छलफल हुने बताउँदै उनले उक्त लाइनबाट नेपालको विद्युतभारत र भारतको विद्युत नेपालल्याउनुपरेमा सहजहुने बताए । विद्यतु व्यापारसम्बन्धमापनि छलफल हुने उनको भनाई छ । त्यसैगरी, माथिल्लो कर्णालीकाविषयमापनिदुई पक्षीय छलफल हुने छ ।

नेपालमाअहिले विद्युतको अभावनभएको भन्दै उत्पादन बढेकाले खपत कसरी गर्ने भन्ने समस्या रहेको मन्त्री रायमाझीले बताए । उनले लोडसेडिङ्ग नभएको स्पष्ट पारे । बेला बेलामावत्तीजाने समस्याबारे सोधेको प्रश्नमाउनले,‘गतवर्षभन्दा यो वर्ष कमविद्युतगएको छ ।’तपाई मन्त्रीबन्नासाथकिनविजुलीआउने जाने भइरहेको छ भन्ने पत्रकारको प्रश्नमामन्त्री रायमाझीले भार वितरण केन्द्रमाभएको समस्याले विद्युतआपूर्तिमा समस्याआएको बताए । तर, गतवर्षभन्दाकम पटक विजुलीगएको स्पष्ट पारे । उनले आफूमाथिलागेको आरोपको खण्डन गर्दै विद्युतआपूर्तिको तथ्याङ्क नै पेश गरेकाथिए ।

नेपाललोडसेडिङमुक्त हुनुमा अघिल्लोपटक आफू मन्त्रीहुँदाबनाएको मास्टरप्लानले भुमिका खेलेको रायमाझीको दावी छ । मास्टरप्लानबनाउँदात्यसबेलाकुलमान घिसिङलाई पनि समितिमा समेटेर बनाएको उनले जानकारी दिए । यस विषयमा स्वयम् घिसिङले पनि स्वीकारेको उनले बताए ।

आफूले नै विद्युतप्राधिकरणको प्रमुखका रुपमा घिसिङलाई ल्याउने पहल सुरु गरेको रायमाझीले बताए । “त्यसबेला मुकेश काफ्लेलाई हटाएर घिसिङलाई ल्याउने योजना मेरो हो । मैले नै वातावरण सृजना गरेको हो । तर सरकार परिवर्तन भयो । जसले गर्दा मेरो पालामाहुनपाएन । तर मेरै योजनाहो ।”उनले भने ।
अहिलेको आफ्नो चुनौति धेरै भएको विजुली कसरी खपतगर्ने भन्ने रहेको उनको भनाई छ । आगामीभदौसम्म त ५ सय मेघावाट विजुली धेरै भएर खेर जाने अवस्था रहेको उजले जानकारी दिए ।

Advertisment