अदालतको फैसला कांग्रेसले स्विकार गर्छ

दमौली, २९ पुस । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री शङकर भण्डारीले प्रतिनिधी सभा विघटन सम्बन्धमा अदालतले गर्ने निर्णय सबैले स्विकार गर्नु पर्ने बताउनु भएको छ । म्याग्दे गाउँ पालिका–३ को कुलचौरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै भण्डारीले अदालतको पैmसलाका विरुद्ध आन्दोलन गर्न नहुने बताउनुभयो ।

‘अदालतले जे पैmसला गर्छ कांग्रेसले त्यो मान्नु पर्छ कांग्रेस चुनाव देखि डराउँदैन’ भण्डारीले भन्नुभयो । प्रधानमन्त्री ओलीको ताना शाह चरित्रले गर्दा संसद विघटनको घटना भएको बताए । प्रधानमन्त्रीको यस्तो कदमले ७० वर्ष देखि लडाई गरेर प्राप्त गरेको लोकतन्त्रलाई महासंकटमा पार्ने काम भएको बताउनुभयो । प्रधानन्त्रीले सक्तामा कसरी टिकीरहन लोकतन्त्रलाई नै धरापमा पार्न चाहेको भण्डारीको भनाई थियो । दलित, सुकुम्बासी मजदुरको समस्या समाधानका गर्छु भनेर समृद्धिको नारा बनाएर झुक्काएर जनतासँग भोट मागेको अहिले तर काम उल्टो गर्दा अहिले भोट दिनेहरु पछुताई रहेको बताउनुभयो । नेका वडा नम्बर ३ का वडा अध्यक्ष बालचन्द्र घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा माग्दे गाउँपालिकी अध्यक्ष मायादेवी राना, उपाध्यक्ष बालकृष्ण घिमिरे, स्थानीय रिन्कु विक, कमल सुनार, टोलबहादुर घिमिरे, लगायतले ठुलो अवसरमा प्राप्त गरेपनि कम्युनिष्टसँग सरकार सञ्चालन गर्ने क्षमता नहुँदा जन हित अनुसार काम गर्न नसकेको बताउनुभयो ।

दुई सय ११ जना कांग्रेमा प्रवेश

यसैबीच केन्द्रीय सदस्य भण्डारी सहभागी सहभागी दुई कार्यक्रममा दुई २११ जना कांग्रेसमा प्रवेश गरेका छन् । म्याग्देमा आयोजित सो कार्यक्रममा ९१ जना नेकपा परित्याग गरी कांग्रेसमा प्रवेश गरेका थिए । कार्यक्रममा जनमुत्ति सेनाका कमल सुनार लगायतका व्यक्तिहरु कांग्रेसमा प्रवेश गरेका हुन् । यता बन्दीपुर गाउँपालिकाको भुर्मसेमा १२१ जना नेकपा प्रतित्याग गरि कांग्रेसमा प्रवेश गरेका छन् । भुमर्सेमा आयोजित पार्टी प्रवेश कार्यक्रममा नेकमा छाडेर कांग्रेसको सदस्यता लिएका हुन् ।

कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य डोबाटे विक, नेका महासमितिका सदस्यहरु, रामचन्द्र अधिकारी, समुन्द्र गोदार, आनन्दराज त्रिपाठी, पूर्व जिल्ला उपसभापति ध्रुबलाल प्रधान, महाधिवेशन प्रतिनिधी मानकाजी श्रेष्ठ, जिल्ला नेता प्रमेश्वर भट्टराई, मंगल गुरुङ लगायतले तनहुँ पुरानै अवस्थामा कांग्रेसको किल्लामा फर्किसकेको दाबी गरेका थिए ।

Advertisment