काँग्रेसद्धारा संसद विघटनको असंवैधानिक कदम विरुद्ध, माघ ३ को प्रदर्शनमा सहभागी बन्न अपील

काठमाडौँ, २ माघ । नेपाली काँग्रेसले माघ ३ गते देशव्यापी हुने प्रदर्शनमा सहभागी हुन आव्हान गरेको छ । नेपाली काँग्रेसका पार्टी सभापति शेरबहादुर देउवाले आज एक अपिल जारी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा रहेकोे नेपाल कम्युनिष्ट पार्टीको सरकारको सिफारिसमा प्रतिनिधिसभा विघटन गरिएको घटनाका विरुद्ध नेपाली कांग्रेस देशव्यापी प्रदर्शन गरिरहेको सन्दर्भमा भोलि माघ ३ गते ७५३ स्थानीय तहमा निर्धारित विरोध प्रदर्शनमा सक्रिय सहभागिता साथ प्रभावकारी रुपले सफल बनाउन अपिल गर्नुभएको छ । यसअघि काँग्रेसले पुस १३ गते १६५ निर्वाचन क्षेत्रमा र पुस २५ गते ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन व्यापक सहभागिता साथ सम्पन्न गरेको थियो ।

“संसद विघटनको कार्यलाई हामीले असंवैधानिक र अलोकतान्त्रिक ठहर गरेका छौं । संविधानमा भएको ब्यवस्था प्रतिकुल, जनभावना विपरीतको कार्य विरुद्ध नेपाली कांग्रेस एकमतका साथ उभिएको छ । पार्टीको सबै तहका साथीहरू संगै समस्त लोकतन्त्रवादीमा विरोध प्रदर्शनमा व्यापक सहभागी भएर असंवैधानिक र अलोकतान्त्रिक कदमका विरुद्ध ऐक्यवद्धता प्रकट गर्न अपील गर्दछु”, देउवाले अपिलमा भन्नुभएको छ।

Advertisment