६०० ले उकालो लाग्यो सुनको मूल्य

काठमाडौँ, ८ माघ । स्थानीय बजारमा पहेँलो धातुको मूल्यमा आज पनि वृद्धि भएको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घले आजका लागि तोकेको मूल्य अनुसार छापावाल सुन तोलामा नै रु ६०० ले उकालो लागेको छ ।

बुधबार प्रतितोला रु ९२ हजार ५०० मा कारोबार भएको छापावाल सुन आज भने रु ९३ हजार १०० मा कारोबार हुने गरी मूल्य निर्धारण भएको छ । यस्तै, तेजाबी सुन प्रतितोला रु ९२ हजार ६०० मा कारोवार भएको छ । बुधबार तेजाबी सुन तोलामा रु ९२ हजारमा कारोवार भएको थियो । यस्तै, चाँदी तोलामा रु १५ ले बढेको छ ।

Advertisment