दमौली । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री शङ्कर भण्डारीले कम्युनिष्टहरुले धोका दिने र सपना बाढेर देशलाई बर्बादीतिर धकेलीरहेको बताएका छन् ।
![](http://www.jyotikhabar.com/wp-content/uploads/2019/05/ligicbit.png)
नेका व्यास नगर कमिटीले बिहीबार गल्बुवेशीमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै भण्डारीले उत्त कुरा बताएका हुन् । कम्युनिष्टसँग देश सञ्चालन गर्ने सार्मथ्य नभएको उनले अरोप लगाए । ‘कम्युनिष्टसँग लोभ र लालचा मात्रै छ देश कुशलता पूर्वक हाक्न सक्दैनन्, भत्काउन, विगार्ने गर्छन, बनाउने, सपार्ने ढङ्ग छैन’ भण्डारीले भने ।
कम्युनिष्टबीचको सत्ताको लडाईले गर्दा प्रतिनिधी सभा विघटन गर्ने दुर्घटना भएको उनले बताए । ‘नौटंकी र नाटक कम्युनिष्टहरुले धेरै नगरुन अब जनताले बुझिसके’ भण्डारीले भने । कम्युनिष्टहरु जनतालाई सपनामै बहकाउन सफल भएको उनको भनाई छ । ‘सत्य कुरा के हो भने कम्युनिष्ट पार्टीलाई इतिहास देखि हेर्दा न यिनलाई देशको चिन्ता छ, न त जनता प्रति जिम्मेवार छन्’ भण्डारीले भने ।
![](http://www.jyotikhabar.com/wp-content/uploads/2019/05/ligicbit.png)
राष्ट्रिय सभाका सदस्य प्रकाश पन्थले कम्युनिष्टहरु बाँदर भएको संज्ञा दिए । ‘बाँदरलाई मकैबारी हेर्ने जिम्मा दिए के हुन्छ सत्यानाश पार्ने काम हुन्छ’ सांसद पन्थले भने । राष्ट्रिय सभा, प्रदेश सभा पनि विघटन गरेर सबै अधिकार लिने अधिनायकबादी सोचले प्रधानमन्त्री अघि बढेकोले आन्दोलनमा उत्रिनु पर्ने बताए । सदन विघटन गैर संवैधानिक कदम भएको उल्लेख गर्दै सांसद पन्थले लामो समय सम्म सत्तामा टिकीरहन विघटन गरिएको बताए । चुनाव हुन नदिने र सत्तामा पनि रहिरहने सपना ओलीको सपना भएको उनले बताए । वडा सभापति मणिजंग बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा वडा नम्बर २ का वडा अध्यक्ष तथा कार्यक्रम संयोजक काशीराम श्रेष्ठ, वडा नम्बर १ का वडा अध्यक्ष खरसिंह दरै, नेका व्यास नगरका प्रवक्ता डम्बरबहादुर अधिकारी, नेपाल टे«ड युनियन काँग्रेसका सभापति सुर्यचन्द्र हड्खले, नेविसंघका पूर्व सहमहामन्त्री लक्ष्मीभक्त खनाल, काँग्रेसका स्थानीय नेताहरु ल्या.देवबहादुर गुरुङ, प्रकाश सुनार, चिजबहादुर दरै, कृष्णराज खनाल, सुनिल मिश्र, गंगामाया गुरुङ, इन्द्रिरा दरै, हरि खनाल, दिलबहादुर दरै लगायतले गुट तथा उपगुटमा नलागी एक ढिक्का भएर हिडेर पार्टी बलियो बनाउनु पर्ने बताए । नेपाली कांग्रेस तनहुँले पार्टीको केन्द्रीय निर्देशन अनुसार बिहिबार तनहुँका ८५ वटै वडामा विरोध सभा आयोजना गरेको थियो ।
त्यस्तै व्यास ११ मा आयोजित विरोध सभालाई कांग्रेसका अर्का केन्द्रीय सदस्य गोविन्द भट्राईले सम्बोधन गरेका थिए । विरोध सभालाई सम्बोधन गर्दै केन्द्रीय सदस्य भट्राईले केपी ओली नेतृत्वको वर्तमान सरकार संवैधानिक कू गरेको र संवैधानिक कू को विरुद्धमा कांग्रेस देशव्यापी रुपमा आन्दोलन जारी राखेको बताएका थिए । त्यसैगरी काग्रेसका आमन्त्रित केन्द्रीय सदस्य धु्रव वाग्लेले व्यास ६ मा आयोजित विरोध सभालाई सम्बोधन गरेका थिए । सो सभामा वाग्लेले कम्युनिष्टहरुको चरित्र नै ताना शाह भएकोले लोकतन्त्र समाप्त गर्ने खेलमा लागेको बताए । त्यस्तै पार्टी सभापति बैकुण्ठ न्यौपानेले भानु १ मा सम्बोेधन गरेका थिए । सो सभामा न्यौपानेले संविधानमा नभएको अधिकारलाई दुरुपयोग गरी अधिनायकबादको बाटोको यात्रामा लागेको बताए । ‘कम्युनिष्टहरु अधिनायकबादको बाटोमा उन्मूख उनिहरुले मूखले लोकतन्त्र भन्छन् व्यवहारमा लोकतन्त्रको घाँटी निमोट्ने काम गर्दछन्’ न्यापानेले भने । सभापति रघुनाथ पौडेल वडा नं २ मा , वडा नं ३ मा नगर कमिटिका पूर्व सभापति रामचन्द्र बस्नेतले सम्बोधन गरेका थिए ।यसैगरी पार्टीका अन्य नेताहरुले जिल्लाका विभिन्न स्थानमा आयोजित विरोध सभालाई सम्बोधन गरेका थिए ।