सगरमाथा आरोही दानुरी शेर्पाको अन्त्यष्टि

काठमाडौँ, ९ माघ । सगरमाथा आरोही दानुरी शेर्पाको आज अन्त्यष्टि गरिएको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले बिहीबार स्वयम्भूस्थित समाधिस्थलमा उहाँको पार्थिव सरिरमा राष्ट्रिय झण्डा ओढाएपछि बौद्ध परम्परा अनुसार अन्त्येष्टि गरिएको हो । दोलखास्थितगौरीशंकर गाउँपालिका वडा नम्बर ९ टाँसीनाम निवासी शेर्पाले प्रजातान्त्रिकयुवा संघ, नेपालको झण्डा सगरमाथाको शिखरमापहिलो पटक फहराएर नयाँकीर्तिमानकायमगर्नु भएको थियो । पर्यटन व्यवसाय र समाज सेवाको क्षेत्रमानिरन्तर क्रियाशील शेर्पा २ पटक सगरमाथाकोशिखर चुम्न सफलहुनु भएको थियो ।
यसैबीच, सञ्चारमन्त्री गुरुङले स्वर्गीय शेर्पाको निधनप्रतिगहिरो शोक व्यक्तगर्दै शोक सन्तप्त परिवारजनमा समवेदनाव्यक्तगर्नु भएको छ ।गौरीशंकर गाउँपालिका वडा नम्बर ९ का वडाध्यक्ष छिरिङ शर्पाले पनि उहाँको निधनप्रति दुुःखव्यक्तगर्दै शोकाकुल परिवारजनमा समवेदनाव्यक्तगर्नु भयो । फोक्सोमा समस्यादेखिएपछि काठमाडौंकोचावहिलस्थित हेल्पिङ हेन्ड अस्पतालमा भर्ना हुनु भएकाशेर्पाको माघ ७ गते निधनभएको थियो । स्वर्गीय शेर्पाकाश्रीमती र ३ जना छोराहरु छन ।

Advertisment