ट्याक्सी ड्राइभर कृष्ण र दीपाकी एक्ली छोरी एलिशा ब्लड क्यान्सरसँग लड्दै

काठमाडौं,११ माघ । कान्ति बाल अस्पताल बाहिर आफ्नी छोरीको सुस्वास्थ्यको कामना गर्दै बसिरहेका छन् एक दम्पत्ती। रक्त क्यान्सरबाट पीडित छोरी अस्पतालको आइसियूमा उपचाररत छिन् ।

पछिल्लो ९ दिनदेखि एक्ली छोरीको उपचारमा जुटेका यी श्रीमान् श्रीमतीको भोक प्यास सबै हराएको छ । केबल उनीहरूको कामना, प्राथना आफ्नी छोरीको स्वास्थ्यमा चाँडै सुधार होस् भन्ने छ । रामेछापको दोरम्बाकी १४ एलिशा थापा मगरका माता पिता निकै ठूलो तनावमा छन् । कृष्णबहादुर थापा मगर र दीपा थापा मगरकी एउटै छोरी हुन् एलिशा । उनलाई ब्लड क्यान्सर भएपछि उपचारका लागि कान्ति बाल अस्पतालमा भर्ना गरिएको छ ।

ट्याक्सीचलाउने कृष्ण बहादुर माथि परेको विपत्ति

कृष्णबहादुर र दीपाकी एक्ली छोरी एलिशा परिवारको सम्पूर्ण खुशी हुन् । छोरीका लागि आमाबुवा पनि संघर्ष गरिरहेका छन् । कृष्णबहादुर ट्याक्सी चलाएरै भएपनि श्रीमती र छोरीलाई खुशी राख्ने प्रयासमा हुन्छन् ।

तर, एकाएकउनीहरूमाथिनसोचेको तनावआइपरेको छ अहिले। सामान्यआर्थिक हैसियतका कृष्णबहादुर र दीपाले छोरीको उपचारमाआफूसँग भएको सम्पूर्ण रकमखर्च गरिसकेका छन्।

दिउँसो प्रहरी कार्यालयमाकार्यालय सहयोगीको कामगर्ने कृष्णबहादुर रातको समयमाभाडाको ट्याक्सी चलाउँछन्। एलिशाको अवस्थादिन्दिनै जटिल बन्दै गएको छ।

कान्तिबाल अस्पताल बाहिर श्रीमान् श्रीमतीनिकै तनावपूर्ण अवस्थामा भेटिन्छन्। ‘तनाव हुन्छ, चिन्ता हुन्छ नि, एक मात्रै सन्तान, पढाएर ठूलो मान्छे बनाउने कत्रो सोच छ, छोरीलाई रोगले सतायो, उनीअहिले अस्पतालको बेडमा पुगिन्,’यतिभनिसकेपछि कृष्णबहादुरले लामो स्वास फेरे।

२०६२ साल साउन २१ गते जन्मिएकीएलिशालाईअसोजमाक्यान्सरको लक्षण देखा परेको हो। दशैंको समयमाएलिशालाई सामान्यगलफुलो देखा परेको थियो।

त्यसपछिज्वरो आउने, टाउको दुख्ने हुँदै गयो। एलिशाको शरीर कमजोर र छाला सेतो हुँदै गयो। र, उनीदुब्लाउँदै गइन्।कृष्णबहादुरले एलिशालाई उपचारकालागिकान्तिबाल अस्पताल लगे।

अस्पताल लगेपछि डाक्टरहरूले रगतमाइन्फेक्सनभएको हुन सक्ने आशंका गरेर रगतजाँचगर्न लगाए। एलिशाको रिर्पोट लिनकृष्णबहादुर एक हप्तापछि अस्पताल गए।

एलिशाको घाँटीको घाउँ निको भएन।झनपाक्दै गएको थियो। त्यसैले एलिशाको रगत परीक्षणका लागिभारत पठाउन डाक्टरले सुझावदिए।

२८ हजार ८ सय रुपैयाँखर्च गरेर भारतमा रगतको स्याम्पल पठाइयो। एलिशाको रगतको रिपोर्ट ११ दिनमाआयो। र, पछि एलिशालाई ब्लड क्यान्सर भएको थाहाभयो।

एलिशालाईए लेबलको ब्लड क्यासर भएको रहेछ। यो खबरले उनकाअभिभावकलाई असह्य पीडा दियो। एलिशाको उमेर कमभएकाले समयमै उपचार पाएमानिको हुने डाक्टरको भनाईले उनीहरूलाई केही सान्त्वनामिल्यो।

यसअघि पनिकान्तिबाल अस्पतालबाट केहीबालबालिकाहरूक्यान्सर निको भएर घर फर्किएको केशपनि रहेको डाक्टरले बताएका कृष्णबहादुरले जानकारी दिए।

एलिशाको उपचार खर्च१०लाख रुपैयाँपुग्ने कृष्णबहादुरले बताएका छन्। अहिलेसम्म३ लाख ५० रुपैयाँखर्च भइसकेको छ। जसमा सरकारकातर्फबाटप्राप्त १ लाख रुपैयाँ बराबरको औषधिपनि सामेल छ। ‘मामासँगएक लाख रुपैयाँ ऋण लिएर छोरीको उपचारमाखर्च गरेको छु, अरु पैसा जुटाउने कोसिसमा छु,’ कृष्णबहादुरले भने।

एलिशालाई कृष्णबहादुरलेभक्तपुरस्थितसाँगाबोर्डिङ स्कुलमाहोस्टल राखेर पढाउँदै आएका छन्। उनीकक्षा ९ माअध्ययन गर्छिन्। कृष्णबहादुर र दीपावसन्तपुरमाभाडामा बस्छन्।

कृष्णबहादुर न्यूरोड, विशालबजार स्थित प्रहरी कार्यालयमा कार्यालय सहयोगीको रुपमा काम गर्छन् । उनले त्यहाँबाट एक लाख २० हजार रुपैयाँसहयोग प्राप्त गरेका छन् ।

प्रहरी कार्यालयमाकार्यरत कृष्णबहादुरलाई काठमाडौं, ललितपुर र भक्तपुरकाप्रहरी कार्यालयहरूबाट पनिआर्थिक सहयोग उठाएर दिने बताइएको छ। एलिशाको एक पटक किमो गरिएको छ।अढाईमहिनामाउनलाई सेतो रगत७ पाउण्ड र रातो रगत ९ पाउण्डचढाइसकिएको छ । कान्तिबाल अस्पतालको आइसियूको बेड नम्बार ३०५ माएशिलाउपचाररत छिन्। उनको उपचारकालागिराष्ट्रिय वाणिज्य बैंकको खातानम्बर १०९०१००००००४२१०४मापैसा जम्मा गरेर सहयोग गर्न सकिन्छ। कृष्णबहादुर थापा मगरको फोन नम्बर ९८४३११८००१ हो।

Advertisment