असंवैधानिक नियुक्तीका विरुद्ध सशक्त र संगठित प्रतिरोध गर्न पार्टी पंक्ति, बुद्धिजीवी र आम नागरिकलाई काँग्रेस वरिष्ठ नेता पौडेलको अपिल

काठमाडाँै, २१ माघ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले केपी शर्मा ओली सरकारले सविधान विपरित अध्यादेश ल्याएर संसदीय सुनुवाइलाई समेत छलेर गरिएका संबैधानिक नियुक्तिहरु घोर आपत्ती जनक मात्र हैन लोकतान्त्रिक मूल्य मान्यताका विपरित छन् भन्नुभएको छ ।

उहाँले यस्ता असंवैधानिक नियुक्तीका विरुद्ध सशक्त र संगठित प्रतिरोध गर्न पार्टी पंक्ति, बुद्धिजीवी र आम नागरिकलाई अपिलसमेत गर्नुभएको छ । “यस्ता असंवैधानिक नियुक्तीका विरुद्ध सशक्त र संगठित प्रतिरोध गर्न पार्टी पंक्ति, बुद्धिजीवी र आम नागरिकलाई अपिल गर्दछु”, उहाँले अपिलमा भन्नुभएको छ ।

Advertisment