देशभर वर्षा र हिमपात

काठमाडौँ, माघ २४ गते । लामो समयपछि हिउँदमा शुक्रबार देशव्यापी रूपमा वर्षा र हिमपात भएको छ । हाल पश्चिमी न्यूनचापीय प्रणाली विकास भएका कारण मौसम बदली भएको हो । भारत हुँदै आएको पश्चिमी वायुले एक दिनका लागि नेपालमा वर्षा र हिमपातको अवस्था सिर्जना गरेको हो ।
नेपालको सुदूरपश्चिम हुँदै भित्रिएको यस मौसमी प्रणाली शनिबार पूर्वी भेगसम्म फैलने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बिहीबार रातिदेखि नै सुरु भएको बदलीले सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र बागमती प्रदेशमा शुक्रबार हल्का वर्षासँगै उच्च हिमाली भेगमा बाक्लो हिमपात गराएको छ । मनाङ, हुम्ला, जुम्ला, कर्णाली भेगमा लेकहरू बिहीबार रातिदेखि नै हिमपात जारी छ ।
गत असोज–कात्तिकदेखि नेपालमा वर्षा हुन सकेको थिएन । पश्चिमी वायुको प्रभाव कमजोर रहँदा त्यो अवधिमा वर्षा हुन नसकेको मौसमविद् इन्दिरा कँडेलले जानकारी दिनुभयो, यो समाचार आजको गोर्खापत्रमा छापिएको छ ।

Advertisment