अदालतबाट संसद पुर्नस्थापना नभए आन्दोलनबाट गर्छौ–वरिष्ठ नेता पौडेल

दमौली, २४ माघ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले विघटित प्रतिनिधी सभा अदालतबाट पुर्नस्थापना नभए आन्दोलनबाट पुर्नस्थापना हुने दाबी गरेका छन् । शनिबार तनहुँको दमौलीमा नेपाली काँग्रेसको शुभेच्छुक सस्थाहरुले गरेको सयुक्त विरोध सभालाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले सो कुरा बताएका हुन् ।

बि.स.२०६३ सालको आन्दोलनले संसद पुर्नस्थापना गरे जस्तै तरिकाबाट हुने पौडेलले बताए । ‘‘अदालतबाट पुर्नस्थापना हुन्छ भन्ने विश्वास मैले लिएको छु यदी दबाब र प्रभाव परेर विपक्षमा पैmसला आए आन्दोलनको माध्यमबाट हुन्छ’’ पौडेलले भने । लोकतान्त्रिक व्यवस्थालाई संकटमा ल्याउन संविधानलाई मिचेर प्रतिनिधी सभा विघटन भएको नेता पौडेलले बताए । फुटेको बेला कम्युनिष्टहरुले चुनाव जित्नै सक्दैनन् , त्यस्तो बेला चुनाव चाहने कुरै हुँदैन वैशाखमा चुनाव हुने अवस्था छैन’’ पौडेले भने । पौडेलले कम्युनिष्टको एकता स्वार्थको लागि गरिएको र स्वार्थ पुरा नहुँदा प्रतिनिधी विघटन गरिएको बताए । संसद पुर्नस्थापना हुँदा काँग्रेसलाई दोहोरो फाइदा हुने बताए ।

कम्युनिष्टहरु फुटेकोले प्रधानमन्त्री बन्ने अवसर काँग्रेसलाई आउने र त्यस सरकारले गरेको चुनावमा काँग्रेसले बहुमत ल्याउने उनको भनाई थियो । कम्युनिष्टहरु फुटेर काँग्रेस बलियो बन्छ भन्ने सोचाई बदल्न पनि उनको आग्रह थियो । ‘‘अर्काको भत्किएर आफ्नो घर बलियो हुन्छ भन्ने नठानौं काँग्रेस सच्चिएर कमी कमजोरीलाई सुधारेर अघि बढ्नु पर्छ’’ वरिष्ठ नेता पौडेलले भने । कार्यक्रम ट्रेड युनियन काँग्रेस तनहुँका सभापति सुर्यचन्द्र हड्खलेको अध्यक्षतामा भएको थियो ।

Advertisment