भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेड को १९ औ पूर्व बैठक

पोखरा, १ फागुन । जुम बिधिको माध्यमबाट बस्दै आएको भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेड को १९ औ पूर्व बैठक धेरै समय पछि हालै भौतिक रुपमा कम्पनी को साइट कार्यालय पोखरामा कम्पनी का अध्यक्ष श्री जगतबहादुर पोखरेलको अध्यक्षतामा बिभिन्न महत्वपूर्ण प्रस्ताबहरु पारित गर्दै सम्पन्न भएको छ।

बैठकमा संचालक ज्यू हरुको अलवा बरिस्ठ सल्लाहकार गणेश प्रसाद श्रेष्ठ, गोपाल पोखरेल आयोजना स्थल माछापुच्छ्रे गाउँपालिका बडा नं. २ का अध्यक्ष बिक्रम गुरुङको आतित्थ्यता रह्यो । बैठकमा कम्पनी का हाल सम्म सम्पन्न भएका कार्यहरु, कम्पनी को यथार्थ वित्तिय अवस्था तथा प्राबिधिक पक्षको बारेमा जानकारी गराइएको थियो । आयोजना स्थल को अवलोकन गर्दा छोटो समयमै धेरै काम सम्पन्न भएको मा सबै सहभागी हरुले खुसी ब्यक्त गर्नु भएको थियो भने कार्यकारी अध्यक्ष जगतबहादुर पोखरेलकले संचालक, शेयर सदस्य तथा कर्मचारी सबै को प्रयासबाट आयोजना लाइ अगाडि बढाउन आफू सफल भएको आगामी दिनहरु मा पनि सबै को सहयोग, सद्भाव तथा हौसला प्राप्त भैरहने छ भन्दै आयोजना समयमै सम्पन्न हुने कुरामा सबै लाइ आस्वस्त पार्नु भएको थियो ।

Advertisment