वडावीर शिवराम सिंह बस्न्यातको २७५ औँ पुण्यतिथिमा साँगाचोकमा कार्यक्रम

काठमाडौँ, ६ फागुन । श्रीपाली बस्न्यात समाज नेपालले नेपाल एकीकरण अभियानमा गोर्खा राज्यको पहिलो सेनापति वडावीर शिवराम सिंह बस्न्यातको २७५ औँ पुण्यतिथिको अवसरमा शंखरापुर नगरपालिका ३ जहरसिंह पौवा साँगाचोकमा बुधबार एक कार्यक्रम गरी उहाँको योगदानको स्मरण गरेको छ । कार्यक्रममा समाजका अध्यक्ष निरन्जन मानसिंह बस्न्यातले श्रीपाली बस्न्यात कल्याणकारी कोष, वडावीर शिवराम सिंह बस्न्यातको सालिक निर्माण, स्मारिका प्रकाशन र प्रवुद्ध ब्यक्तिहरुको वैठक गर्ने घोषणा गर्नु भयो ।
कार्यक्रममा समाजका शेखरसिंह, पृथ्वीमान सिह र भोलामान सिंह बस्न्यातले राष्ट्रिय एकीकरण, पृथ्वी नारायण शाह र शिवराम सिंहको भूमिकाबारे प्रकाश पार्नु भएको थियो । वडावीर ंशिवराम सिंहले विक्रम सम्वत १८०३ फागुन ५ गते अर्थात आजभन्दा २७५ बर्ष अघि एकीकरण अभियानको सिलसिलामा सांगाचोकमा वीरगति प्राप्त गर्नु भएको थियो । हालै नेपाली सेनाले महत्व दिई “राष्ट्रीय एकीकरण मार्ग” को अवधारणमा समेत उक्त जहरसिंह पौवा क्षेत्रलाई समावेश गरेको छ ।
सेनापति शिवराम सिंह बस्न्यात नेपाल एकीकरण अभियानका गोरखा राज्यका पहिलो सेनापति हुनुहुन्थ्यो । शिवरामसिंहको लडाईमा भएको मृत्यु पश्चात उहाँकी श्रीमती वीराड्गना शुरप्रभा बस्न्यातले आफ्ना टुहुरा छोराहरु लिएर गोरखा दरवारमा राजा पृथ्वीनारायण शाहलाई भेटी “बाघ त गोरखाको लागि मरीहाले, यी चार डमरुहरुले पछि गोरखाको लागि काम गर्ने छन्” भनी भनेको इतिहासमा उल्लेख भएको पाईन्छ ।

पछि गएर उनीजत्तिकै सक्षम र इमान्दार उनकाचार छोराहरु क्रमशः काजी नाहर सिंह बस्न्यात, काजी केहर सिंह बस्न्यात, काजी अभीमान सिंह बस्न्यात र काजी धोकलसिंह बस्न्यात, राजा पृथ्वी नारायण शाहको मरवट नीतिअनुरुप हुर्के बढेर एकीकरण अभियानमा संलग्न भई नेपाल राज्यविस्तार र सुदृढ गर्न मा निकै महत्वपूर्ण योगदान दिएको बारे नेपालको इतिहासमा उल्लेख भएको पाइन्छ । नेपालको एकीकरण अभियानमा अग्रणी भूमिका खेल्ने भारदारहरुमा एक महत्वपूर्ण भारदार सेनापति बडावीर शिवराम सिंह वस्न्यात हुन् । राजा पृथ्वीनारायण शाहले बस्न्यात र पाण्डेबीच सम्बन्ध सुधारगर्न सेनापती बडावीर शिवराम सिंह बस्न्यातका माहिला छोरा काजी केहरसिंह बस्न्यातको बिवाह काजी कालुपाण्डेको छोरी चीत्रादेवी पाण्डेसंग गराई दिएका थिए र नेपाल एकीकरण गर्न“ बस्न्यातको तरवार र पाण्डेको ढाल” भनी इतिहासमा उल्लेख गरेको पनि पाइन्छ । कती वीरहरुले आफ्नो अथक परिश्रम र प्रयास मात्रगरेको होइन आफ्नो जीउज्याननै नेपाल एकीकरणका लागि आहुती गरेको इतिहासमा पाइन्छ । गोरखाका राजा पृथ्वी नारायण शाह र उनका अनुयायीहरुको अथक परिश्रमवाट नेपालको एकीकरण अभियान सञ्चालन भई आज यो देश नेपालको सृजना भएको हो ।
डाक्टर निरन्जन मानसिंह बस्नेतले हालै “ए सर्ट बायोग्राफी अफ किङ पृथ्वीनारायण शाह आएण्ड हिज काउन्सिल टु द पिपुल अफ नेपाल” नामक पुस्तक अंगेजी, फ्रेन्च र स्पानिस भाषाहरुमा समेत प्रकाशन गरी पृथ्वीनारायण शाह, नेपालको एकीकरण र उन्को दीब्य उपदेसबारे अन्तर्राष्ट्रियकरण गर्न सफल हुनु भएको छ ।

Advertisment