आन्तरिक राजस्व कार्यालय धनुषाका कर अधिकृत रमेश ढकाल १लाख ५० हजार घुस सहित अख्तियारको नियन्त्रणमा

धनुषा स्थित आन्तरिक राजस्व कार्यालय जनकपुरधाममा कार्यरत कर अधिकृत रमेश ढकाललाई  घुस सहित अख्तियारले नियन्त्रण्मा लिएको छ ।

१लाख ५० हजार अतिरिक्त रकमसहित अख्तियारले अधिकृत ढकाल सहित आर.एन. मेनेजमेन्ट अकाउण्ट कन्सल्टेन्सीका प्रोपाइटर नविन कुमार कर्णलाई नियन्त्रणमा लिइएको आज जारि विज्ञप्तिमा जनाइएको छ ।

आयोगका प्रवक्ता नारायण प्रसाद रिसाल द्धारा जारि विज्ञप्तिमा अधिकृत रमेश ढकालले सेवाग्राहीसँग अन्तशुल्क समायोजनको रकम फिर्ता गर्ने प्रयोजनको लागि अतिरिक्त रकम माग गरी आर।एन। मेनेजमेन्ट अकाउण्ट कन्सल्टेन्सीका प्रोपाइटर नविन कुमार कर्णलाई लिन लगाएको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासबाट खटिई गएको टोलीद्वारा निज नविन कुमार कर्णलाई सेवाग्राहीबाट रु. १,५०,०००।– (एक लाख पचास हजार रुपैयाँ) अतिरिक्त रकम लिएको अवस्थामा उक्त रकमसहित जिल्ला धनुषा, जनकपुरधाम उप(महानगरपालिका स्थित अन्नपूर्ण होटल एण्ड गेष्ट हाउसबाट र कर अधिकृत रमेश ढकाललाई जिल्ला धनुषा स्थित नेपाल स्काउटको कार्यालय अगाडिबाट नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको जनाईको छ ।

Advertisment