नेपालमा पनि सुरु भयो ‘सेल्फी विथ डटर’ अभियान

काठमाडौँ, २९ वैशाख । महिला सशक्तिकरण तथा लैगिंक समानताको मूलमर्म बोकेको सेल्फी विथ डटर अभियान नेपालमा पनि एक भर्चुअल कार्यक्रम मार्फत शुरु गरिएको छ । लैगिंक समानताका लागि भारतका सुनिल जगंलानले सुरु गरेको अभियानले भारतमा धेरै ख्याति प्राप्त गरेको थियो भने सरकारको तर्फबाट सहयोग पाएको थियो ।

अभियान सेल्फी विथ डटर फाउण्डेसन, भारत र नेपाल इन्टरनेट फाउण्डेसनको सयंक्तm सहयोगमा थालिएको हो । वर्षा भण्डारीले सञ्चालन गर्नुभएको सो कार्यक्रममा प्रमुख आतिथीको रुपमा नेपालको तर्फबाट कक्षा आठमा अध्ययनरत तजैना श्रेष्ठ र भारतको तर्फबाट कक्षा नौमा अध्ययनरत अवनेशी श्रीमलको उपस्थिति थियो । अभियानमा नेपाल र भारतको तर्फबाट कम उमेरका युवती र महिलाहरुले आफ्ना भनाइहरु राखेका थिए ।

नेपाल इन्टरनेट फाउण्डेसनको तर्फबाट अध्यक्ष विक्रम श्रेष्ठले नेपालमा अझै पनि छाऊपडि प्रथाहरु जस्तो माहिलालाई दमन गर्ने कार्यहरु भईरहँदा यो नयाँ अभियानले छोरीहरुको महत्व र अधिकार सुनिश्चित गर्ने बताए । आरोही पौडेल, लिपासा श्रेष्ठ, प्रकृति ढंगेल, ईशा श्रेष्ठ, सुधा जोशी, मेरिन राई, रम्भा श्रेष्ठले नेपालमा पनि महिलाहरुले घरेलु हिंसा भोग्नु परिरेहको र झन महामारीको समयमा धेरै नै भोग्नु परेको तथ्यहरु प्रस्तुत गरेका थिए ।

कार्यक्रममा बाल तथा महिला बलात्कार, एसिड आक्रमण, आत्महत्याका घटना, महिनावारी विभेदका विभिन्न विषयहरुमा प्रस्तुत गरिएको थियो । सेल्फी विथ डटर अभियानले छोरीहरुको मुहारमा मुस्कान थप्नुको साथै महिलामा हुने भेदभाव, लैगिंक असमानता जस्तो व्यवहारमा आमूल परिवर्तन ल्याउने विश्वास गरिएको छ ।

कार्यक्रममा पूर्व विज्ञान तथा सञ्चार मन्त्री गणेश शाहले यो अभियानलाई आफ्नो तर्फबाट पूर्णरुपले सहयोग गर्ने र यसलाई गल्र्स तथा प्यारेन्ट इन आइसिटीसँग पनि जोडेर अघि बढ्ने प्रतिबद्धता जनाए । कल्पना श्रेष्ठले अभियानले समाजमा सकारात्मक सोच ल्याँउछ भन्दै ‘बेस्ट सेल्फी टाइटल’ को विषयमा पनि घोषणा गरिन । यो अभियानले सुरु गरेको प्रतियोगिताहो जसमा हरकोही नेपालीले आफ्नो छोरीसँग सेल्फी खिचेर सहभागिता जनाउन सक्नेछन् ।

यो अभियानको प्रतियोगिता हिजो अन्तराष्ट्रिय मातृ दिवसको अवसरमा सुरु गरिएको हो र यसमा सहभागी भएका सेल्फीहरुलाई प्रथम, दोस्रो र तेस्रो श्रेणीमा विभाजित गरेर पुरस्कृत गरिनेछ ।

भारतको हरियाणा बीबीपुरबाट सुनिल जंगलानाद्वारा सुरु गरेको यो अभियान अहिले विभिन्न देशहरुमा प्रख्यात भईरहेको छ । कार्यक्रममा जंगलानाले यो अभियानले गर्दा भारतको हरियाणा देखि मेवात भन्ने गाउँसम्म एकदमै धेरै परिवर्तन ल्याएको बताएका थिए । सेल्फी विथ डटर अभियानले भारतमा आन्दोलनको रुप लिइसकेको जसकारण भारतको दुर्गम गाउँहरुमा पनि छोरी चेली तथा महिलाहरुमा धेरैनै परिवर्तन र अवसरको मौका पाएको पनि बताए । गायक रामधन गोस्वामीले छोरीहरुको भावनासँग मेल खाने गीत गाएर प्रोत्साहन गरेका थिए । नेपाल भारतबिच धेरै कुराहरु समानता भएकाले यस पहलले सहयोग पु¥याउने आशा गरिएको छ । यस अभियानमा सहभागी हुन जोकोहीले आफ्नो छोरीसँग हाँस्दै गरेको सेल्फी खिचेर सामाजिक सञ्जालमा ह्यासट्याग सेल्फी विथ डटर भनेर हाल्नुपर्नेछ । त्यस्तै सेल्फी विथ डटर डट आईएन पोर्टलमा पनि हाल्न सकिन्छ वा ह्वाटसएपमा ९८०१००००४४ मा पठाउन सकिन्छ ।

Advertisment