संसद विघटनको विरुद्ध कानुनी र राजनीतिक उपचार खोज्ने कांग्रेसको निर्णय

 

काठमाडौँ, ८ वैशाख । नेपाली कांग्रेसको पदाधिकारी बैठकले संसद विघटनको विरुद्ध कानुनी र राजीतिक उपचार खोज्ने निर्णय गरेको छ ।
गए राति प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदबाट गर्नुभएको सिफारिशका आधारमा राष्ट्रपतिले गर्नुभएको मध्यावधी निर्वाचनको घोषणापछि आज बिहान पार्टी सभापति शेरबहादुर देउवाको निवासमा बसेको बैठकले यसका विरुद्ध राजनीतिक र कानूनी उपचार खोज्ने निर्णय भएको बैठकपछि पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलले बताउनुभयो ।

पार्टीका सहमहामन्त्री डा. प्रकाशशरण महतले प्रधानमन्त्रीको कदम अलोकतान्त्रिक र असंवौधिनक भएकाले यसका विरुद्ध आवश्यक राजनीतिक र कानुनी उपचार खोज्ने निर्णय भएको बताउनुभयो । यसैबीच संसद विघटन विरुद्ध विपक्षी मोर्चाको बैठक संसद भवन नयाँ वानेश्वरमा शुरु भएको छ । सो मोर्चाले पनि संसद विघटनका बारेमा एउटै धारणा बनाएर अघि बढ्ने गरी छलफल हुने बताइएको छ ।

Advertisment