युवानेता जित शेरचनको पहलमा नेपाली ह्यारीटेज च्यारीटी फाउन्डेशन क्यानडाको सहयोगमा बुर्तिवाङ स्वास्थ्य केन्द्रलाई स्वास्थ्य सामग्री हस्तान्तरण

बाग्लुङ , १२ जेठ ।युवा नेता तथा समाजसेवी जित शेरचनले बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई चार लाख मूल्य बराबरको स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नुभएको छ । कोभिड १९ रोकथाम र व्यवस्थापनका निम्ती नेपाली  ह्यारीटेज च्यारीटी फाउन्डेशन अफ विसी क्यानडाको आर्थिक सहयोग तथा समाजसेवी जित शेरचन र   विपिन मल्लको सक्रियतामा खरिद गरीएको स्वास्थ्य सामाग्री नगरप्रमुख देवकुमार नेपाली र स्वास्थ्यकर्मीको रोहोवरमा नेता शेरचनले हस्तान्तरण गर्नुभएको थियो ।

कोभिड १९ व्यवस्थापनमा तत्काल आवश्यक पर्ने अक्सिजन कन्सन्टे«टर मेशिन ३, अक्सिमिटर २५, माक्स चार हजार थान, स्यानिटाईजर २० लिटर, सिटामोल ८ सय स्टिक र आइसोलेसनका निम्ती १५ थान तन्दा गरी करिब चारलाख रुपैयाँको स्वास्थ्य सामाग्री हस्तान्तरण गरीएको शेरचनले बताउनु भयो । अरु थप स्वास्थ्य सामाग्री खरिद गरेर हस्तान्तरण गर्ने प्रक्रियामा रहेको र स्वास्थ्य केन्द्रले आवश्यक पर्ने सामाग्रीको सूचि उपलब्ध गराएमा पुनः सहयोग गर्ने शेरचनले बताउनुभयो । नगरप्रमुख नेपालीले  सहयोगी सस्था नेपाली ह्यारीटेज च्यारीटी फाउन्डेशन अफ विसी क्यानडाका साथै अभियानमा सक्रिय नेता जित शेरचन र विपिन मल्ललाई धन्यवाद व्यक्त गर्दै विपत्तीमा मिलेर जनताको जीवन रक्षा गर्नुपर्ने बताउनुभयो । नेता जित शेरचन हेरेक दुख सुख मा जनतासँग रहेको र दाताबाट आएको सामग्री पारदर्शी रुपमा जनसमक्ष लैजानुपर्ने बताउनुभयो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत, स्वास्थ्य संयोजक घनश्याम चालिसे, बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डा. मिलन मल्ल, पत्रकार, समाजसेवी, बुद्धिजिवी लगायतको उपस्थितिमा ती सामग्री प्रदान गरीएको हो ।

कार्यक्रममा सहयोगी सस्था नेपाली ह्यारीटेज च्यारीटी फाउन्डेशन अफ विसी क्यानडाका साथै संस्थाका अध्यक्ष देवेन्द्र हमाल सदस्य लोमश रेग्मी, हरिहर भन्डारी, राजु बज्राचार्य, राधा बराललाई धन्यवाद दिइएको थियो ।

समाजसेवी जित शेरचन नेपाली कांग्रेसका युवा नेता रहेका छन्  |

Advertisment