चर्चित खेलाडि सन्दीप लामिछाने कोरोना मुक्त

काठमाडौँ, १७ मङ्सिर । राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा सहभागी हुने तयारीमा रहँदा कोरोना सङ्क्रमणमा पर्नुभएका नेपाली राष्ट्रिय क्रिकेट टोलीका चर्चित लेग स्पिनर सन्दीप लामिछाने कोरोना भाइरसको सङ्क्रमणबाट मुक्त हुनुभएको आज सामाजिक सञ्जालमार्फत जानकारी दिनुभएको छ ।

पिसिआर रिपोर्ट पोजेटिभ आएसँगै सेल्फ आइसोलेशनमा रहनुभएका लामिछाने आइतबार श्वासप्रश्वासमा समस्या देखिएपछि ह्याम्स अस्पताल भर्ना हुनुभएको थियो ।

केही दिनको आरामपछि उहाँ बिग ब्यास लिग खेल्न अष्ट्रेलिया जानुहुनेछ । अष्ट्रेलियामा यही डिसेम्बर तेस्रो सातादेखि बिग ब्यास लिग शुरु हुँदैछ ।

Advertisment