नेशनल प्याब्सनका महासचिव एवम एपेक्स लाइफ स्कूलका एजुकेटीभ डाइरेक्टर सुवास न्यौपानेद्धारा नेशनल प्याब्सनको सातौ महाधिवेशनमा केन्द्रीय अध्यक्षमा उठ्ने घोषणा

काठमाडौँ, १८ फागुन \ राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएशन (नेशनल प्याब्सन) को आसन्न सातौँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदमा वर्तमान महासचिव सुवास न्यौपानेले उम्मेदवारी घोषणा गर्नुभएको छ । उहाँले वर्तमान अवस्थामा विभिन्न राष्ट्रिय शैक्षिक मुद्दाको न्यायोचित समाधानका लागि र सो सङ्गठनलाई कुशल नेतृत्व प्रदान गरी अझै बढी उन्नत, गतिशील र प्रतिस्पर्धी संस्थाका रूपमा अघि बढाउने सङ्कल्पसहित उम्मेदवारी घोषणा गर्नुभएको हो ।

एपेक्स लाइफ स्कूलका संस्थापक एवम कार्यकारी निर्देशक न्यौपानेले आज पत्रकार सम्मेलन गरेर संस्थागत विद्यालयका हकहितको रक्षा, समयानुकूल गुणस्तरीय शिक्षाको प्रवद्र्धन तथा निजी र सरकारी विद्यालयबीचको विभेद अन्त्यका लागि आफ्नो उम्मेदवारी हुने बताउनुभयो । सो सङ्गठनको महाधिवेशन यही फागुन २२ र २३ गते बाँकेको नेपालञ्जमा हुँदैछ । नेशनल प्याब्सनको काठमाडौँ जिल्लाका पूर्वअध्यक्ष न्यौपानेले अग्रज र सक्रिय विद्यालय सञ्चालकले आफूलाई समर्थन गर्ने र आपसी परामर्शबाट अन्य पदाधिकारी तय गर्ने बताउँदै संस्थाको आफ्नै जग्गामा केन्द्रीय कार्यालय भवन निर्माण गर्ने, प्राकृतिक विपद् राहत कोषमा रकम वृद्धि गर्नेसहित १३ बुँदे योजना सार्वजनिक गर्नुभयो ।

पूर्वअध्यक्ष कर्णबहादुर शाहीलगायतको उपस्थितिमा आयोजित पत्रकार सम्मेलनमा उहाँले विगत लामो समयेदेखि नेपालमा स्थापित रहेका निजी तथा आवासीय विद्यालयले शैक्षिक उन्नयनका लागि ठूलो योगदान गरेको र देश सुहाउँदो सर्वाङ्गीण विकासका लागि आवश्यक शैक्षिक जनशक्तिको निर्माण गरी देशको आर्थिक, सामाजिक र शैक्षिक रूपान्तरणतर्फ अघि बढाउने दायित्वबाट निजी विद्यालय कहिल्यै पछि नपरेको बताउनुभयो ।

आफ्नो उम्मेदवारी सम्बन्धमा न्यौपानेद्धारा जारी प्रेस विज्ञप्ति

आदरणीय पत्रकार मित्रहरू ः

विगत लामो समयेदेखि नेपालमा स्थापित रहेका निजी तथा आवासीय विद्यालयहरूले शैक्षिक उन्नयनका लागि ठूलो योगदान गरेको तथ्य सबैमा जाहेर छ । देश सुहाउँदो सर्वाङ्गीण विकासका लागि आवश्यक शैक्षिक जनशक्तिको निर्माण गरी देशको आर्थिक, सामाजिक र शैक्षिक रूपान्तरणतर्फ अघि बढाउने दायित्वबाट निजी विद्यालयहरू कहिल्यै पछि परेका छैनन÷पर्दैनन् ।
राष्ट्रिय निर्देशन ऐन २०१८ अन्र्तगत स्थापित निजी तथा आवासीय विद्यालय एशोसियसन (नेशनल प्याब्सन) ले निजी स्वामित्वको संरक्षण संवद्र्धन गर्दै सदस्य विद्यालयहरूको हक, हित तथा चासोको विषयलाई सम्बोधन गरिरहेको छ । यस संगठनलाई विभिन्न समयमा शिक्षाप्रेमी कुशल नेतृत्वकर्ताहरूले आफ्नो नीति अनुरूप कार्यक्रमहरू अगाडि बढाइरहेको सन्दर्भमा आसन्न महाधिवेशनले नयाँ नेतृत्व चयनका लागि मार्गप्रशस्त गर्नेनै छ । तसर्थ, अग्रज नेतृत्वको सुझवझपूर्ण कार्यप्रति आभार व्यक्त गर्दै आगामी दिनमा अझ सशक्तरूपमा फराकिलो रूपान्तरणका लागि म लगायत हाम्रो समूह नेतृत्व लिने तयारीमा जुटेको छ ।

उच्च शिक्षाको अध्ययनपछि विसं २०५४ सालमा राजधानी काठमाडौँको पुरानो वानेश्वरमा निजी विद्यालय स्टयानफोर्ड इन्टरनेशनल स्कुलको स्थापना गरी त्यसको संस्थापक प्राचार्यको रूपमा काम गरेसँगै नेपालको निजी क्षेत्रको शैक्षिक विकासमा मेरो सहभागिता र संङ्लग्नता जारी छ । हाल फाउण्डर एजुकेटिभ डाइरेक्टरका रूपमा एपेक्स लाइफ स्कूल सरस्वतीनगर चावहिल, काठमाडौँमा कार्यरत छु ।

२०६० सालमा नेशनल प्याब्सनको सदस्यता लिई २०६३ देखि संगठनको विभिन्न भूमिकामा काम गर्ने क्रममा पहिलोपटक काठमाडौँको जिल्ला उपाध्यक्ष तथा दोस्रो पटक अध्यक्षमा निर्वाचित भएपछि यस संस्थामा आफ्नो लगन, प्रतिवद्धता, कर्तव्यनिष्ठता र निरन्तरताका कारण तेस्रो पटक सर्वसम्मत अध्यक्ष भएर काम गर्ने महत्वपूर्ण भूमिका पाए । संगठनप्रतिको सतत क्रियाशीलता र समर्पण एवम् लगावका कारण केन्द्रीय समितको सचिव तथा त्यसपछि निर्वाचित महासचिवका रूपमा सफलतापूर्वक जिम्मेवारी निर्वाह गरेको व्यहोरा अवगत गराउँदछु ।

शैक्षिक उन्नयन र विकासमा निजी क्षेत्रबाट यस संस्थाका माध्यमबाट निरन्तर समर्पित रहेको व्यक्तिका रूपमा यही फागुन २२ र २३ गते बाँकेको नेपालगञ्जमा हुन गइरहेको राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसियसन नेशनल प्याब्सनको महाधिवेशनमा आफूलाई अध्यक्षको उम्मेदवारका रूपमा प्रस्तुत गरेको छु । मुलुकको वर्तमान अवस्थामा विभिन्न राष्ट्रिय शैक्षिक मुद्धाहरूको न्यायोचित समाधानका लागि र यस व्यावसायिक पेशागत संगठनलाई कुशल नेतृत्व प्रदान गरी अझै बढी उन्नत, गतीशील र प्रतिस्पर्धी संस्थाका रूपमा अघि बढाउन कृतसंकल्पका साथ सातौ राष्ट्रिय महाधिवेशनमा आफूलाई केन्द्रीय अध्यक्षको उम्मेदवार घोषणा गरेको छु ।

केन्द्रिय अध्यक्षमा मेरो उम्मेदवारी किन ?

१) निजी विद्यालयको हक, हित संरक्षण र यसको संवद्र्धन गर्न । कम्पनी अन्र्तगतको निजी स्वामित्वको संरक्षण गर्न ।

२) २१ औ शताब्दिको समयसापेक्ष सीपमूलक र जीवनोपयोगी शिक्षालाई प्राथमिकताका साथ अगाडि बढाउन । निजी विद्यालयको स्तरोन्नति र गुणस्तरीय शिक्षालाई महत्वका साथ अघि बढाउन । निजी र सामुदायिक विद्यालयबीचको फराकिलो तथा विभेदकारी नीतिको अन्त गर्न ।

३) वर्तमानमा देखिएका निजी विद्यालयका समस्या र शैक्षिक मुद्धाहरूलाई ठिक ढङ्गले तार्किक निष्कर्षमा पु¥याउन । शैक्षिक लगानीका लागि मैत्रिपूर्ण वातावरण सृजना गर्न ।

४) निजी क्षेत्रको सामाजिक र शैक्षिक योगदानलाई स्थापित, व्यवस्थित र समयानुकूल बनाउन ।

५) विद्यार्थीको चौतर्फी विकास हुने शिक्षा प्रणालीको विकास गर्न । साथै विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने सक्षम जनशक्ति तयार गर्नमा योगदान दिन ।

६) एन प्याब्सनलाई सेवामूलक र व्यावसायिक संस्थाका रूपमा विकास गर्न ।

७) समयसापेक्ष सीपमूलक, जीवनउपयोगी व्यवहारिक पाठ्यक्रम निर्माण गर्न ।

८) संस्थागत विद्यालयका शिक्षक, कर्मचारी र लगानीकर्ता ( सञ्चालक)हरूको हक, हित, संरक्षण र संवद्र्धन गर्नुका साथै उनीहरूको पेशागत तथा अन्य सुरक्षाको प्रत्याभूति दिलाउन ।

९) नेपाल सरकार, निजी शैक्षिक संस्था र सामुदायिक शैक्षिक संस्थाहरूको बीचको सम्बन्धलाई थप मजबुद बनाउन ।

१०) शिक्षण सिकाईलाई उपलब्धिमूलक बनाउन शिक्षकहरूलाई व्यावसायिक विकास ( एचयाभककष्यलब िमभखभयिऊभलत) मा आवद्ध बनाउन ।

११) शिक्षाको माध्यमबाट समाज र राज्यप्रतिको दायित्वलाई आगामी दिनमा उचित व्यवस्थापन गर्दै आम समुदायको विश्वास बढाउन । कोरोनाले क्षति पु¥याएको यस क्षेत्रको उत्थान र विकास तथा देशको सङ्घीय संरचना अनुरूप संगठनलाई अघि बढाउन ।

१२) आर्थिक इमान्दारीताको पालना गर्दै केन्द्रीय कार्यालयलाई व्यवस्थित गर्नुका साथै यसै कार्यकालमा केन्द्रीय कार्यालयको आफ्नै भवन निर्माण र संस्थागत संरचना बनाउन प्रतिबद्धता व्यक्त गर्दछौ ।१३) प्राकृतिक विपद् राहत कोषलाई प्रभावकारी ढंगले व्यवस्थापन गर्न ।

सामूहिक एकता, निरन्तर छलफल, सम्बन्धित विज्ञ एवम सरोकारवालाको सुझाव सल्लाहबमोजिम आधुनिक युग सुहाउँदो शैक्षिक जनशक्ति तयार गर्ने र मुलुकको समग्र विकास तथा शैक्षिक पर्यटनको विकासमा समेत योगदान दिने कार्यमा सम्पूर्ण अभिभावकहरू, शुभेच्छुक र पत्रकार मित्रहरूको सकारात्मक सुझावको अपेक्षा गर्दछौ । विगत साढे दुई दशकदेखि निरन्तर यस संगठनको इमान्दार सिपाही बनी विभिन्न तह र तप्कामा बसेर संगठनको शुद्धिकरण र सुदृढीकरणमा आफ्नो योग्यता, क्षमता र कौशलताको उपयोग गरी जिम्मेवारीलाई न्याय पनि गरेको सन्र्दभ स्मरण गराउन चाहन्छु ।

क्षमता र योग्यता उमेरले हैन सत्यप्रतिको निष्ठाबाट प्राप्त हुन्छ । यसै विश्वासका साथ म, हामी र हाम्रो संगठनको ज्ञान, सीप र अनुभवद्धारा संगठनलाई आगामी दिनमा अझ बढी उत्साहका साथ आफ्नो जिम्मेवारीलाई पूरा गर्ने प्रतिवद्धताको सन्देश सम्प्रेषणका लागि तपाई पत्रकारहरूमार्फत सम्पूर्ण प्रिन्सिपल, सञ्चालक, शिक्षक तथा सरोकारवालाहरूमा सविनय अनुरोध गर्दछु ।
अन्तमा यस कोरोना महामारीबाट दिवंगत हुनुभएका सम्पूर्ण शिक्षा सेवामा समर्पित साथीहरूमा हार्दिक श्रद्धासुमन अर्पण गर्दै परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु ।

धन्यवाद
जय नेशनल प्याब्सन
सुवास न्यौपाने
अध्यक्ष पदका प्रत्याशी, नेशनल प्याब्सन

Advertisment