कमल थापासँग फराकिलो अग्रता बनाउँदै डिना

हेटौंडा । मकवानपुर क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसकी उम्मेदवार महालक्ष्मी उपाध्याय डिनाले प्रतिस्पर्धी कमल थापासँग अग्रता फराकिलो बनाएकी छिन् । सत्ता गठबन्धनकी उम्मेदवार उपाध्यायले ७ हजार ५८० मत प्राप्त गरेकी छिन् ।

उनका प्रतिस्पर्धी राप्रपा नेपालका कमल थापा २ हजार ४७२ मतान्तरले पछाडि परेका छन् । थापाले ५ हजार १०८ मत प्राप्त गरेका छन् ।

Advertisment