तनहुँमा रास्वपाका स्वर्णिम वाग्ले भारी मतान्तरसहित विजयी

तनहुँ । प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा तनहुँ क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार डा. स्वर्णिम वाग्ले भारी मतले विजयी भएका छन् ।

निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराई भन्दा १४ हजार ७ सयभन्दा बढी मत ल्याएर उनी विजयी भएका हुन् । वाग्लेले ३४ हजार ९१९ पाउँदा भट्टराईले २० हजार १२२ मत पाएका छन् ।

यस्ताे छ मत परिणाम

अन्तिम मतपरिणाम ः
खसेको मत ः ६५३१६
सदर मत ः ६४१३५
बदर मत ः ११८१
३विजयी उमेदवार डा.स्वर्णिम वाग्ले, रास्वपा ः ३४९१९
निकटतम प्रतिष्प्रधी ः गोविन्द भट्टराई, काङ्ग्रेस ः २०१२२
सर्वेन्द्र खनाल, एमाले ः ८४८८
शोभा गुरूङ, राप्रपा ः २१८
भिम बहादुर सुनार, नागरिक उन्मुक्ति पार्टी ः ९९
राम प्रसाद प्रजापति, नेमकिपा ः ३१
गणेश श्रेष्ठ, नेकपा समाजवादी ः ५
प्रेम ब. थापा, मंगोल नेशनल अर्गनाइजेसन ः १६६
पूर्ण बहादुर राना, राष्ट्रिय जनमुक्ति पार्टी ः ८७

Advertisment