रत्न मन्दिर सर्वसाधारणका लागि खुला

पोखरा ।
गणतन्त्र दिवसको दिन पोखराको रत्न मन्दिर सर्वसाधारणका लागि खुला भएको छ । राजा महेन्द्रले रानी रत्नका लागि उपहारस्वरुप २०१५ सालमा मन्दिर बनाएका थिए । नेपाल ट्रष्ट अन्तर्गत रहेको एतिहासिक धरोहरहरुलाई यसअघि सर्वसाधारण लागि खुला गरिएको थिएन । हाल आम नागरिकको अवलोकन गर्ने जनचाहना अनुरुप २०८० जेठ १५ देखि खुला भएको हो ।

रत्नमन्दिर खुला भएसँगै लेकसाइडमा पर्यटकीय चहलपहल बढ्ने अपेक्षा पर्यटन व्यवसायीको छ । चीनका प्रधानमन्त्री बेलायती महाराती लगायत अन्य विशिष्ट विदेशी पाहुनाको रत्नमन्दिर आगमन भएको थियो । राजा वीरेन्द्र रानी ऐश्वर्य र निजका परिवारहरुको निधनपछि २०६७ मंसिर २० गते नेपाल ट्रष्टको स्वामित्वमा उक्त जग्गा १ सय ७४ रोपनी ४ आना २ दाम रोपनी क्षेत्रफलमा फौलिएको छ । मन्दिर भित्र साना ठूला १० वटा भवन छन् । सर्वसाधरणका लागि प्रवेश दिएपनि मन्दिर भित्र छिर्न भने दिएको छैन । सर्वसाधरणका लागि मन्दिर भित्र छिर्न दिँदा भौतिक संरचना टुट फुट हुने भएकाले केही समयपछि भिडिओ फुटेजबाटै देखाउने ट्रष्ट व्यवस्थापकहरु बताउँछन् । परिसर डुल्न कुनै रोकतोक हुने छैन । भने भवनमा भित्र प्रवेश गर्न पाइँदैन ।

संघीय पर्यटन मन्त्री सुदन किराँतीले प्रमुख आतिथ्यतामा दरबार खुला गरिएको छ । मन्त्रि किराँतीले रत्न मन्दिर खुल्नु ठुलो नभएको बताए । उनले मन्दिरलाई रेखदेख र संरक्षण ठूलो कुरा ठूलो भएको उल्लेख गरे । उनले भने, नेपालका राजाले ६०÷७० वर्षअघि पोखरा घुम्दा बनाएको दरबार जोगाएर पर्यटक तान्न सक्नुपर्छ । यसको रेखदेखमा हामी लाग्नुपर्छ । दरबार परिसर डुल्न नेपालीले एक सय रुपैयाँ र विदेशीले एक हजार रुपैयाँ शुल्क तिर्नु पर्नेछ ।

Advertisment