अन्नपूर्ण, कास्की । कास्कीको घान्द्रुकमा आइतवारदेखि तितेपातीबाट सुगन्धित तेल उत्पादन थालिएको छ ।अन्नपूर्ण गाउँपापालिका–१० र ११, घान्द्रुकका स्थानीयले खेर गइरहेका तितेपातीलाई प्रशोधन गर्दै तेल उत्पादन थालेका हुन् ।
हिमालय एग्रो तथा जडिबुटी बहुउद्देशिय कृषक समुह, घान्द्रुकले तीतेपातीलाई प्रशोधन गरी सुगन्धित तेल उत्पादन गरेको हो ।
स्थानीयले करिब १ करोड़को लगानीमा घान्द्रुकस्थित उरीमा तितेपाती प्रशोधन केन्द्र स्थापना गरेपछि निकम्बा बनेको तीतेपाती उपयोगमा आएको हो ।
सामान्यतया पाँच सय केजी तितेपातीमा १ लिटर तेल उत्पादन हुने सुनिन आएकोमा तर घान्द्रुकमा तीन सय केजीमा ७ सय ५० एमएल तेल निकाल्न सफल भएको कृषक समूहका सचिव पूर्ण गुरूङले बताए
आइतवार परीक्षणका लागि तीन सय केजीको एक घान तितेपाती मात्र पकाईएको थियो, ७ सय ५० एमएल तेल निकाल्न सफल भयौं, यहि अनुपातमा पाँच सय केजी पातीमा १.५ लि उत्पादन हुन सक्नेछ गुरूङले भने, ‘ हाई अल्चिच्युटमा उत्पादन भएको तितेपाती भएर बढी तेल निस्कन सकेको हो की भन्ने हामीले महशुष गरेकाछौं । आज पाँच/पाँच सय केजीको दुई घान पकाएर परीक्षण गर्दै छौं ।’
प्रशोधन केन्द्रले तीतेपातीबाट तेल उत्पादन गर्न लागेपछि स्थानीयहरु उत्साहित भएका छन् ।