इजरायलका सबै विद्यार्थी सुरक्षित स्थानमा, मुख्य संकट टर्‍यो – परराष्ट्र मन्त्रालय

काठमाडौं । नेपालबाट इजरायलमा गएका सबै विद्यार्थीहरुलाई सुरक्षित स्थानमा सारिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

उनीहरु दूतावासको टोलीसँग सम्पर्कमा रहेको र इजरायलले हवाई उडानको अनुमति दिनासाथ नेपालबाट चार्टर्ड जहाज पठाएर स्वदेश फर्काउने मन्त्रालयले जनाएको छ ।

इजरायलको सेनाको सहयोगमा लगभग सबै विद्यार्थीहरुलाई सुरक्षित स्थानमा पुर्‍याइसकेको परराष्ट्रले मन्त्रालयले जानकारी दिएको छ ।  मुख्य संकट अब टरेको र इजरायलको सेनाले पनि आफ्नो क्षेत्र नियन्त्रणमा लिइसकेकाले विद्यार्थीहरु र तिनका अभिभावकहरुलाई परराष्ट्र मन्त्रालयले नआत्तिन आग्रह गरेको छ।

Advertisment