इन्डोनेसियामा बाढी र पहिरोमा परी कम्तीमा २६ जनाको मृत्यु

इन्डोनेसियामा हालै आएको बाढी र पहिरोमा परी कम्तीमा २६ जनाको मृत्यु भएको छ ।

बाढी पहिरोमा करिब २४ जना बेपत्ता भएको र उनीहरूको व्यापक खोजी भइरहेको प्रकोप नियन्त्रण निकाय प्रमुखले बताएका छन् । इन्डोनेसियाको दक्षिणी भागमा रहेको सुलावेसी द्वीपमा भीषण रुपमा परेको पानी र हावाहुरीपछि दक्षिणी भेगका ९ ओटा जिल्लाका दर्जनौं ठाउँहरू डुबानमा परेपछि हजारौं मानिसहरूलाई सुरक्षित ठाउँमा सारिएको छ ।

अविरल वर्षा र बाढीको कारण जलमग्न भएपछि तीन हजार भन्दा बढी नागरिक विस्थापित हुन पुगेका छन् । यसका साथै कम्तीमा ४६ जना घाइते भएका र उनीहरूको स्थानीय अस्पताल र स्वास्थ्य केन्द्रहरूमा उपचार भइरहेको छ ।

बाढीका कारण आवासीय र सरकारी भवनहरू, विद्यालय र पुलमा क्षति पुगेको छ । इन्डोनेसियामा अक्टोबरदेखि अप्रिलको बीचमा पर्ने मनसुनको समयमा बाढी र पहिरो बारम्बार आउने गर्दछ

Advertisment