‘मुलुकमा इमान्दार नेता कोही भएनन्’

पूर्व राष्ट्रपति डा. रामवरण यादवले मुलुकमा इमान्दार नेताहरु नभएको दावी गर्नुभएको छ । पूर्व राष्ट्रपति यादवले मनमोहन अधिकारी, कृष्णप्रसाद भट्टराई, विपी कोइरालाजस्ता व्यक्तिहरु राष्ट्र र जनताको लागि काम गर्ने नेता भएको र अहिले त्यस्ता नेता कोही पनि नदेखिएको बताउनुभयो ।

डिल्लीबजार बहुमुखी क्याम्पसको ३९औं वार्षिकोत्सव कार्यक्रममा उहाँले ठेकेदार र पैसा लिएर सांसद बनाउने काम भईरहेकाले मुलुकमा इमान्दार राजनीति गर्नेहरुको अभाव रहेको स्पष्ट पार्नुभयो । पूर्व राष्ट्रपति यादवले राजनीति ठिक नभएकाले मुलुकको शैक्षिक क्षेत्रको पनि उचित विकास हुन नसकेको पनि दाबी गर्नुभयो ।
पूर्व राष्ट्रपति यादवले मुलुकको भूगोल सुहाउँदो शिक्षाको आवश्यक्तामा पनि जोड दिनुभयो । उहाँले विज्ञहरुको सुझाव लिएर मुलुकको शिक्षा क्षेत्रको उचित विकासमा सरकारले आवश्यक कदम चाल्नुपर्ने पनि बताउनु भयो ।

Advertisment