समस्याको निकास संवाद : झा

काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष अनिल झाले संविधान संशोधनलगायतका आफ्ना मागहरु सरकारले अहिलेसम्म पुरा नगरेको भन्दै आक्रोश व्यक्त गर्नुभयो ।

बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा झाले सरकारले आफ्ना माग पुरा गर्ने पटक पटक आश्वास दिएपनि वेवास्ता गर्दै आएको बताउनुभयो । कार्यक्रममा झाले गिरिशचन्द्र लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै टिकापुर घट्नामा रेशम चौधरी दोषि नरहेको दाबी गर्नुभयो । उहाले विगतको घट्नाबाट पाठ सिकेर विप्लवमाथि कारबाही वा प्रतिबन्ध लगाउनु भन्दा संवादबाट समस्याको निकास निकाल्न सरकारलाई सुझाव दिनुभयो ।

Advertisment