नेपाल र बंगलादेश साफ च्याम्पियनसीपको सेमीफाइनलमा

काठमाडाैं । आयोजक नेपाल र बंगलादेश साफ महिला च्याम्पियनसिप अन्तर्गत समूह ए बाट सेमीफाइनल प्रवेश गरेका छन् । विराटनगरको सहिद रंगशालामा बिहीबार भएको समुह चरणको दोस्रो खेलमा बंगलादेशले भुटानलाई २–० गोलले हराएसँगै नेपाल र बंगलादेशको सेमीफाइनल यात्रा तय भएको हो ।

भुटानको संघर्षपूर्ण जित निकाल्ने क्रममा बंगलादेशका लागि मिश्रत जाहान मोसुमी र कप्तान सविना खातुनले गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा बंगलादेशले दुवै गोल गरेको थियो । पहिलो हाफमा दुवै पक्षले राम्रो अबसर बनाएपनि कुनै गोल हुन सकेन् । तर ४७ औं मिनेटमा मिश्रत जाहान मोसुमीले गोल गर्दै बंगलादेशलाई अग्रता दिलाइन् । १ गोलले अग्रत लिएको बंगलादेशका लागि खेल सकिन ५ मिनेट बाँकी रहँदा कप्तान सविना खातुनले एकल प्रयासमा सुन्दर गोल गरिन् ।

यो जितसँगै बंगलादेशले ३ अंक जोडेको छ । नेपाल र बंगलादेश दुवैको समान ३–३ अंक भएपनि नेपाल गोल अन्तरका आधारमा अगाडी छ । यसअघि पहिलो खेलमा नेपालले भुटानलाई ३–० ले हराएको थियो । प्रतियोगितामा शुत्रफबार समुह बी अन्तर्गत माल्दिभ्स र श्रीलंकाबीच प्रतिस्पर्धा हुनेछ ।

Advertisment