भौगोलिक तथा प्राकृतिक सौन्दर्यको नेपाल

सर्वाेच्च हिमशिखर सगरमाथा, महामानव गौतम बुद्धको जन्मभूमि, विश्वकै संक्षिप्त प्रतिरूप स्वरूपको भौगोलिक, प्राकृतिक, पौराणिक, ऐतिहासिक तथा सांस्कृतिक सम्पदाका धरोहरहरूले भरिपूर्ण नेपाललाई विश्वकै सुन्दर देश मान्न सकिन्छ । नेपालको १ लाख ४७ हजार १ सय ८१ वर्ग कि.मि. क्षेत्रफलको पूर्व–पश्चिम लम्बाई ८८५ कि.मि. र उत्तर–दक्षिण सरदर चौडाई १९३ कि.मि. को बीचमा एसियाको ०.०३ प्रतिशत र विश्वको ०.३ प्रतिशत भू–भागको सानो अंशमा पनि प्रकृतिद्वारा प्रदत्त विविध खालको भौगोलिक र प्राकृतिक विविधता र विशेषता प्राप्त भएकाले यो देशलाई विश्वकै प्रतिरुप मान्न सकिन्छ ।

समुद्री सतहबाट ५८ मिटर (१९१ फिट) को तराईको मैदानी भागको उचाईदेखि ८८४८ मिटर (२९०२८ फिट) अग्लो सगरमाथा हिमचुलीको उचाईमा दुई ढुङ्गा बीचको तरुलको नाम (चीन र भारतको बीचमा रहेको) ले इँटाकारका रूपमा फैलिएको क्षेत्रफलको दृष्टिले ९३औं र जनसंख्याको दृष्टिले ४८औं स्थानमा पर्ने नेपाल राष्ट्र बंगलादेशको सीमानाबाट २७ कि.मि. र भूटानको सीमानाबाट ३२ कि.मि. को दूरीले समुद्रसँग पहुँच नभए पनि वनस्पति र जीवको दृष्टिले यो देश सुन्दर, शान्त र प्रकृतिको विशाल भूमिमा गणना गरिएको छ । विश्वकै सर्वाेच्च हिमशिखर सगरमाथा र शान्तिका अग्रदूत भगवान गौतमबुद्धको जन्मस्थल भएर प्रकृतिको विविधता र विशेषताका कारण नेपाल घुम्न आउने पर्यटकहरू मनग्य छन् ।

धरातल हावापानी र मनोरम भौगोलिक दृष्टिकोणले भरिपूर्ण रहेको नेपाललाई संसारकै संक्षिप्त प्रतिरूप मुलुक मानिएको छ । यहाँको हावापानी, जीवजन्तु र मानव समुदायहरूमा विविधता छ । नेपाल राष्ट्र उत्तरतिर हिमालय (हिन्दकुश हिमालय श्रृंखलाको मध्यभाग), त्यसको दक्षिणतिर लेकाली भाग, त्यसभन्दा तल्लो खण्ड पहाडी भाग, त्यसै पहाडी भागका बीचबीचमा सुन्दर उपत्यकाहरू र त्यसभन्दा तल्लो खण्डमा भागीरथी गङ्गा मैदानको रूपमा तयार भएको तरार्ई खण्ड जसलाई भूगोलको भाषामा गंगा मैदान भन्ने गरिन्छ । भू–भागका हिसाबले हिमाली, पहाडी, भित्री मधेस, भावर, दून र तरार्ईबाट निर्मित असमान भू–बनोट भएको नेपाललाई भौगोलिक विविधताको देश भनिएको छ । एकातिर यहाँ संसारका सबै भू–भागमा पाइने धेरैजसो हावापानी पाइन्छ भने अर्काेतिर निकटतम् दूरीमा अधिकतम् भौगोलिक विषमता यहाँको भौगोलिक विशेषता बनेको छ । संसारभरिमा पाइने जीवजन्तु, कीटपतङ्ग, वनस्पति र खनिज पदार्थहरू अधिकांश नेपालमा पाइन्छन् । युगौँदेखि दक्षिणतर्र्फ बगेका नेपालका हिमनदीहरूको बलौटे पाँगो माटोले बनेका अनगिन्ति टारहरू पनि नेपालमा छन् जसलाई दोमटपङ्खी भन्ने पनि गरिन्छ । नेपालको उत्तरी भाग हिमालयले ढाकिएको र तिब्बततिर र्छिनका लागि ३६ घाटी परेका मौसमी भञ्ज्याङ मार्र्गहरू छन् । ज्ञानबहादुर कार्की नेपालमा जातपात तथा छुवाछूतको इतिहासका अनुसार सबै जातिको भेटघाट हुने ठाउँ र पगाल्ने भाँडाको रूपमा विविध जातिहरूको बसोवास भएको पाइन्छ । नेपाल एक विविध जातजातिको सम्मिलन क्षेत्र रहँदै त्यस्ता मिसिएका नेपाली जातिमा दक्षिणी र उत्तरी नश्लका नेग्रिटो, किरात–मंगोल, आग्नेय, द्रविड, पश्चिमीवृत्तमुण्ड र आर्य वा नार्डिक मूलका रहेका छन ।

“तराई हेर कति राम्रो हरियो वन हुनाले, पहाड हेर झनै राम्रो गुराँस फुल्नाले, म त झिल्के यसै राम्रो नेपाली हुनाले सगरमाथा मेरो शीरको टोपी भैदिनाले” । उठ है वीर नेपाली आफ्नो पहिचान खोज्न । नेपालको सौन्दर्य र सम्भाव्यतालाई नियालेर त्यसको उजागर गर्दै विकास र सम्भावनाका नयाँ क्षितिजहरू पहिल्याउन सक्नु नै वर्तमान नेपालको चुनौती हो ।

ती दुबै क्षेत्रका मानिसहरूका रीतिरिवाज र परम्परा पनि नेपालमा मिसिएका छन् । नेपालमा पाषाणयुगदेखि अर्वाचिन तथा प्राचीन युगसम्मका मानिसहरू बसोवास गर्दथे । चन्द्रकुमार शर्माको नेपाल एन्ड द नेपालिज् चकमकले दर्शन ढुङ्गामा टक्कराई झूलोमा झिल्का झारी आगो पार्ने पत्थरयुगदेखि द्रुत्ततर विकास गरेर आजको रकेटयुगसम्म काठमाडौँ उपत्यकामा बासिन्दाहरू बसोवास गरिरहेका छन् । घरका निदाल, फटके पुल, तुइन, ताङ्लो, डुङ्गा, काठका खाट, पाटका सुतरीले बुनेका खाट र मेचियाहरू, धोत्रे मुढाको इनार, मुढाकै आड बनाएको चाक्लो पुल, पिठ्यूँमा भारी बोक्ने, भट्टी पसल बनाउँदा भकारी र चित्राको प्रयोग, आफ्नो कपडा आफैँ बुन्ने, परालका सुकुल र जुत्ता, खुकुरी, आँसी, बञ्चरो, कुटी, गुन्द्री, चकटी आफैले माटा र धातुका भाँडाकुँडा बनाउने जस्ता नेपालीका मौलिक सीपहरू आजको नयाँ पुस्तामा क्रमशः लोप हुँदै जान थालेका छन् । त्यस्ता सीपमूलक, कलात्मक विषयहरूको विकाससँगै यहाँ विभिन्न ठाउँबाट आश्रय लिई आएका मानिसहरूको मिश्रित शैली रहदै आएको छ ।

वर्तमान बदलिँदो २१औँ शताब्दीको युगमा आएर नेपाललाई वर्णन गर्ने शब्द फेरबदल गर्नु पर्दछ । नेपाललाई सँधै भू–परिवेष्ठित देश मात्र भन्न हुँदैन, यसलाई विश्वका सबैभन्दा बढी आर्थिक वृद्धिदर भएका दुई भीमकाय देशको बजारसँग जोडिएको देश भनिनु पर्दछ । उत्तरी सीमानाका पंक्तिवद्ध हिमालय श्रृङ्खलाहरू चिसो हिँउ र पत्थर मात्र होइनन् तिनीहरू एक तिहाइ मानव जातिको लागि अत्यावश्यक पानीको मुहान हुन् । विश्व मानव जातिलाई भविष्यमा अपरिहार्य खाद्यसुरक्षा, औषधि, जैविक भण्डारका रूपमा रहेका अमूल्य राष्ट्रिय निकुञ्ज, सामुदायिक वनलाई रुख र जनावर मात्र नसम्झऔं । बुद्धको जन्मस्थल लुम्बिनी र पशुपतिको दर्शन गर्न पर्यटकहरु आउँछन् । त्यस्तै गरी हिमाल आरोहण गर्नेहरूको ताँती लगाउन सकियो भने नेपालको व्यापार व्यवसायमा दिन दुना रात चौगुनाको दरले विदेशी मुद्रा भित्रन सक्छ । देश विकासको मूल आधार खडा गर्न देशवासी नेपाली नेपालीबीच सद्भाव, एकअर्र्काेको सफलतामा खुशीयाली, सबै किसिमका विभेदहरूको अन्त्य, बलियोले निर्धाेलाई, शक्तिशालीले कमजोरलाई माथि उठाउन हातेमालो गर्न सिक्नुपर्छ । अबको युग माग्ने युग होइन उद्यमशील र लगनशील बनेर जापानी सरकार र जनताको सहयोगमा निर्मित बनेपा–बर्दिवास राजमार्ग हेरेर बर्दिबासबाट जनकपुर जोड्ने, लासाबाट जोडिन आउने रेलमार्गलाई सीता जानकीको पावन भूमिलाई राम जन्मभूमि अयोध्यासँग जोडेर मिथिला सम्पदाबाट नेपाली समाजलाई समृद्ध बनाउने थप पूर्वाधार खोज्ने समय आएको छ ।

वर्तमान बदलिँदो २१औँ शताब्दीको युगमा आएर नेपाललाई वर्णन गर्ने शब्द फेरबदल गर्नु पर्दछ । नेपाललाई सँधै भू–परिवेष्ठित देश मात्र भन्न हुँदैन, यसलाई विश्वका सबैभन्दा बढी आर्थिक वृद्धिदर भएका दुई भीमकाय देशको बजारसँग जोडिएको देश भनिनु पर्दछ । उत्तरी सीमानाका पंक्तिवद्ध हिमालय श्रृङ्खलाहरू चिसो हिँउ र पत्थर मात्र होइनन् तिनीहरू एक तिहाइ मानव जातिको लागि अत्यावश्यक पानीको मुहान हुन् ।

नेपालको स्मृतिभित्र सुन्दर वस्तु यहाँको जल, वायु, आकाश र प्रकाशमा भेटिन्छ । पूर्वको कञ्चनजङ्घाको हिम चितुवा र पश्चिम बर्दियाको बाघ पनि आ–आफ्नै वासस्थानमा रमाएर बसेका छन् । आज आफ्नै बासस्थानको गुरुत्वमा टिक्न कठिन भएको प्राणीका रूपमा यहाँका युवा समूह भएका छन् । रोजीरोटीकै सवालमा यहाँका लाखौँ युवाहरू विदेश पलायन भएका छन् । जहाँबाट मान्छे पलायन हुन्छ त्यहाँबाट देश भत्कन थाल्दछ भन्ने कुराको ज्ञान पलाउनु पर्दछ । अन्तरिक्ष यात्री युरी गागरेन लगायतका तमाम अन्तरिक्ष यात्रुहरूले पृथ्वीलाई नीलो मोतीको डल्लो देखेका छन् । मानव निर्मित चीनको ग्रेटवाल र प्रकृति निर्मित हिमाली चुचुराहरूले एसियाको पहिचान दिलाएको कुरा गरे । साँच्चीकै नेपाल राम्रो छ, हिमालय पर्वत, पहाडी डाँडाकाँडा, तराईका फाँटहरू तथा साहसी, वीरयोद्धा र गुरिल्ला युद्धका सम्राट मानिएका नेपालीहरू हँसिला र मिलनसार पनि छन् भनेर तारिफ पनि गरे ।

गणेश रसिकले त्यसै यो गीत गाएनन् “तराई हेर कति राम्रो हरियो वन हुनाले, पहाड हेर झनै राम्रो गुराँस फुल्नाले, म त झिल्के यसै राम्रो नेपाली हुनाले सगरमाथा मेरो शीरको टोपी भैदिनाले” । उठ है वीर नेपाली आफ्नो पहिचान खोज्न । नेपालको सौन्दर्य र सम्भाव्यतालाई नियालेर त्यसको उजागर गर्दै विकास र सम्भावनाका नयाँ क्षितिजहरू पहिल्याउन सक्नु नै वर्तमान नेपालको चुनौती हो । यदि प्रकृतिको वरदान र संस्कृतिको वैभवलाई परिचालन गरी देशको विकास गर्न चुक्यौँ भने छिमेकीको समृद्धिमा नेपालीको नियति स्वतः अवनतितिर बदलिन्छ । यसको तात्पर्य यो हो कि चिनीको चास्नीमा डुबेको अँगुर आफैँ चाउरिन्छ । सबै दलहरूले दलगत स्वार्थ त्याग्ने हो भने यसैमा नेपाल र नेपालीको समृद्धि र कल्याण छ ।

शताब्दिऔं देखि आजसम्म सुन्दर, शान्त र स्वतन्त्र मुलुकको रूपमा विश्वका सामु ठाडो शिर लिएर उभिएको नेपाललाई असुन्दर, अशान्ति र कुरूपमा परिणत गर्ने काम अब परित्याग गरौँ । नेपालको अन्तर्राष्ट्रिय सम्बन्धको सौन्दर्यतालाई सिंहावलोकन गर्ने हो भने राज्यस्तरमा भएका सम्बन्ध विस्तारलाई केलाउनु पर्ने हुन्छ । त्यसमा कूटनैतिक सम्बन्ध स्थापनाको सन् १९५५ पछिको विकासलाई हेर्दा यहाँ स्वदेश र विदेशमा नियोगपूर्ण सम्बन्ध स्थापना भएका छन् । यिनै सम्बन्धका कारण शान्ति सेनामा नेपाल, वैदेशिक अनुदान र ऋण, पर्यटक भित्र्याउने, वैदेशिक रोजगारीमा जाने, वैदेशिक व्यापार गर्ने जस्ता वाह्य जगत्सँग जोड्ने खुला नीति अवलम्बन गरिएको पाइन्छ । स्थलगत हवाई यातायात सेवा र सञ्चार क्षेत्रमा भएका द्रुत्ततर विकासले गर्दा सन् २०१४ सम्ममा २ करोड १ लाख मोवाइलकर्ताहरू भइसकेकोले नेपाल विश्व भूमण्डीकरणमा आवद्ध भएको प्रमाणित हुन्छ । यस किसिमको अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारबाट पूँजी, सीप, प्रविधि र ज्ञान विज्ञान र सभ्यता भित्रिएको पाइन्छ ।

Advertisment