अमेरिकाले वार्तालाई निरन्तरता दिन चाहेन : उत्तर कोरिया

प्योङयाङ । उत्तर कोरियाली नेता किम जोङ–उनले संयुक्तराज्य अमेरिकासँगको वार्तालाई निरन्तरता दिन कुटनीतिक पहल गर्ने वा नगर्ने बारे चाँडै निर्णय लिने बताएको छ ।

उत्तर कोरियाली अधिकारीले दुई नेताबीच भियतनामको हनोईमा सम्पन्न दोस्रो शिखर बैठकमा अमेरिकाले सुवर्ण अवसर गुमाएको पनि बताउनुभयो । उत्तर कोरियाकी उपविदेश मन्त्री चो सोन हुईले अमेरिकाले अभिरुचि नदेखाएको अवस्थामा वार्ता पुनः शुरु गर्ने सम्भावना नरहेको स्पष्ट गर्नुभयो ।

उपविदेश मन्त्री चो ले अमेरिकी राष्ट्रपति वार्तामा केही लचिलो भएपनि विदेशमन्त्री माइक पोम्पेओ र अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनको हठपूर्ण मागले वार्ता बीचमै भङ्ग भएको बताउनुभयो । हनोई वार्तामा अमेरिकी अधिकारीहरुको ग्याङ–शैलीको प्रस्तुति कुनै पनि हालतमा स्वीकार्य नहुने उत्तर कोरियाली नेता किमले बताउनुभएको पनि मन्त्री चोले उल्लेख गर्नुभयो ।

उता वासिङ्टनमा पोम्पेओ र बोल्टनले उत्तर कोरियाली आरोपको खण्डन गरिसकेका छन् । “उनीहरुले भनेको कुरामा सत्यता छैन । बोल्टनले ट्रम्प नै आखिरी निर्णयकर्ता रहेको बताउनुभयो ।

विदेशमन्त्री पोम्पेओले अमेरिकाले क्षेप्यास्त्र प्रहार र आणविक परीक्षण स्थगन गर्ने किमको प्रतिज्ञालाई ट्रम्पले विश्वास गरेको पनि स्पष्ट गर्नुभयो ।

Advertisment