कर नबुझाएका २९ वटा प्याराग्लाइडिङ कम्पनी कारवाहीमा

पोखरा । पोखरा महानगरपालिकाले कर नबुझाउने २९ वटा प्याराग्लाइडिङ कम्पनीलाई खारेज गर्ने भएको छ।

चालु आर्थिक वर्षको मसान्तसम्म स्थानीय करसहित नविकरण तथा दर्ता नगराए प्याराग्लाइडिङ कम्पनीलाई खारेज गर्ने जनाएको छ । पोखरामा रहेका ३१ वटा प्याराग्लाइडिङ कम्पनीले मात्र हालसम्म नविकरण गरेका छन् । पोखरामा हाल ६० वटा प्याराग्लाइडिङ कम्पनी रहेका छन भने ५० वटा मात्र संचालनमा आएका छन्।

पोखरामा विगत ४ वर्ष देखि कर नबुझाएका प्याराग्लाइडिङ कम्पनीहरु संचालनमा रहँदै आएको पोखरा महानगरपालिका राजश्व परामर्श समितिले बताएको छ । महानगरपालिकाले नविकरण नगराएका कम्पनीलाई प्रतिमहिना ५ हजार रुपैयाँ जरिवाना लिने भएको छ ।

पोखरामा तीन दिनमा प्याराग्लाइडिङका ४ दुर्घटनामा परी दुई विदेशी नागरिकको मृत्यु भएपछि पोखरा महानगरपालिकाले करको विषयमा चासो दिएको हो । पोखरा महानगरपालिकाले कर नतिर्ने प्याराग्लाइडिङ कम्पनीलाई प्याराग्लाईडिङ गर्न नदिने चेतावनी दिएसंगै व्यवसायीहरुले एक हप्ता भित्र कर तिर्ने सहमति भएको छ ।

Advertisment