गोवा मुख्यमन्त्री पर्रिकरको निधन

नयाँदिल्ली । भारतको गोवा राज्यका मुख्यमन्त्री एवं भारतीय जनता पार्टीका वरिष्ठ नेता मनोहर पर्रिकरको ६३ वर्षको उमेरमा निधन भएको छ । भारतीय राष्ट्रपति रामनाथ कोविंदले ट्ववीट गरी मनोहरको निधन भएको जानकारी दिनुभएको हो ।

पर्रिकर लामो समयदेखि पेटको क्यान्सरबाट पीडित हुनुहुन्थ्यो । पर्रिकरको निधनप्रति भारतीय प्रधानमन्त्री लगायत विभिन्न दलका नेताले शोक व्यक्त गर्नुभएको छ । भाजपाका नेता मनोहर केही समय भारतको रक्षामन्त्री पनि बन्नुभएको थियो । तर गोवामा भाजपा संकटमा परेलगत्तै रक्षामन्त्रीबाट राजीनामा दिएर गोवाको मुख्यमन्त्री बन्नुभएको थियो ।

उहाँ गोवामा लामो समयदेखि मुख्यमन्त्री पदमा रहनुभएको थियो । उहाँलाइ स्वच्छ छवि भएका नेताका रूपमा लिइन्छ।

Advertisment